चलचित्रमा प्राय प्रमुख कलाकारको भूमिका निभाउने कलाकार चलेका र आकर्षक हुन्छन् । त्यसमा पनि हिरोइनभन्दा हिरोको हाइट बढी नै भएको पाइन्छ । तर माघ २० गते देशभरमा प्रदर्शनको तयारीमा रहेको ‘ह्यारी की प्यारी’ चलचित्रमा ठ्याक्कै उल्टो छ । यसमा प्रमुख कलाकारको रुपमा कमेडियन कलाकार जितु नेपाल छन् भने उनको साथमा साम्राज्ञी राज्यलक्ष्मी शाह छिन् । हिरोइनभन्दा हिरोको उचाई कम भएको प्रतिक्रिया पाइरहेको ‘ह्यारी की प्यारी’ चलचित्रका प्रमुख कालकार जितु नेपालसँग गरिएको संवाद ।
Advertisement 1
चलचित्र किन हेर्नुपर्छ जस्तो लाग्छ ?
पहिलो कुरो मनोरञ्जन । मान्छेको जीवनलाई एउटै कुराले पुग्दैन । त्यसैअन्तर्गत मान्छेलाई गीतसंगित चाहिन्छ, नाच्न मन पराउँछ । पर्दामा एकैछिन गएर आफ्ना दुःखका कुरालाई बिर्सँदै आफ्नो समयलाई रोमाञ्चक बनाउन चाहन्छ मान्छे । त्यसअन्तर्गतको पाटो हो चलचित्र । चलचित्र हेर्न जाँदा कतिले आफ्नो कथा पनि पाउनुहुन्छ । चलचित्र हेर्दै गर्दा त्यो पात्र आफैं हो की भन्ने सम्झनु हुन्छ । त्यसैले पनि मान्छेहरु चलचित्र हेर्न हलतिर जानु हुन्छ जस्तो मलाई लाग्छ ।
Advertisement 2
‘ह्यारी की प्यारी’को टिजर सार्वजनिक भई सकेको छ । दर्शकबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
टिजर सार्वजनिक भइसकेपछि राम्रो प्रतिक्रिया आइरहेको छ । कतिले व्वाव कति राम्रो देखिएको जितुलाई, परक देखिएको छ । हाइट नमिलेका जितु र साम्राज्ञी मुख्य कलाकारमा देखिएको यो चलचित्रमा केही फरक जस्तो छ । पक्कै पनि यो सिनेमा राम्रो हुनुपर्छ भन्ने एक खालको कमेन्टहरु आइराखेको छ । त्यसले हामीलाई एकदमै उत्हासाहित बनाएको छ ।
Advertisement 3
‘ह्यारी की प्यारी’मा तपाईलाई कसरी प्रस्तुत गरिएको छ ?
यस सिनेमामा मलाई एकदमै फरक तरिकाले प्रस्तुत गरिएको छ । प्राय सिनेमा बन्दा पहिला कलाकार छानिन्छन् भने यसमा पहिला कथा बनेर कथा अनुसारका कलाकारहरुलाई छनौट गरिएको छ । जसअन्तर्गत म यसमा ह्यारी भएको छु । दर्शकले यो सिनेमाबाट भरपुर केमेष्ट्री पाउनु हुन्छ ।
चलचित्र त धेरै बन्छन र केहीले मात्रै दर्शकको राम्रो साथ पाउँछन् । ‘ह्यारी की प्यारी’ले केही योजना बनाएको छ दर्शकलाई हलसम्म ल्याउन ?
हामीसँग त्यस्तो योजना केही छैन । बस हामीले ‘ह्यारी की प्यारी’को ट्रेलर सार्वजनिक गरिसकेका छौं । यसको जानकारी मात्रै दिँदैछौं । हरेक चिज बनेपछि यो राम्रो छ है भन्न त पर्छ । त्यही भन्नको लागि देशका विभिन्न सहरहरुमा पुगिरहेका छौं । हामीले दर्शकलाई केही फरक र नयाँ चिज दिनमात्र खोजिरहेका छौं ।
‘ह्यारी की प्यारी’मा के त्यस्तो फरकपन छ ?
फकर चाही छ, यो कन्फम हो । त्यही भएर जितु नेपाल हिरो छ । हिरो हेरेर कथा बनाउने, मिति तय गरेर सिनेमा बनाउन प्रचलन जुन छ, त्यो भन्दा फरक छ । जे बनाउन खोज्नु भएको हो डाइरेक्टर साबले त्यही कुरालाई हुबहु पर्दामा उतारिएको छ ।
तपाईको करियरको लागि ‘ह्यारी की प्यारी’ ठूलो चलचित्र हो, जसमा तपाईले प्रमुख पात्रको रुपमा काम गर्नु भएको छ । यसमा तपाईको तर्फबाट भएको मेहेनेतलाई कसरी लिनु भएको छ ?
मेरो हिसाबले मैले जति गर्नुपर्ने थियो । त्यो सबै मैले गरेको छु । सिनेमामा पनि डाइरेक्टर साबले यति धेरै काम गर्न लगाउनु भएको छ त्यसको कुरा गरेरै साध्य छैन । यसमा कामको मूल्यांकन हुन्छ भन्ने मलाई लागेको छ । एउटा कमेडियनको रुपमा प्रस्तुत भइरकेको जितु नेपाल हिरो भयो है भनेर दर्शकले मेरो कामलाई मन पराउनु भयो भने त म त्यसलाई राम्रै लिन्छु । दर्शकहरुलाई मन पर्यो भने म पास हुन्छ । नत्र..।
सिनेमा क्षेत्रको ब्यापारका लागि नेपालगन्जको बजार र यहाँका दर्शकलाई तपाई कसरी लिनु हुन्छ ?
यहाँ यति धेरै चाहट छ की काठमाडौंमा दर्शक घटे जस्तो देखिए पनि यहाँ नयाँ सिनेमा आएपछि हेर्न जानुपर्छ है भन्ने मैले देखेँ । तर त्यस किसिमको चलचित्र आयो आएन त्यो अर्को पाटो हो । नेपालगन्जले नेपाली चलचित्र क्षेत्रको ब्यापारको लागि धेरै ठूलो माइने राख्छ । नेपालगन्जमा हल कम छ तर एकदमै उल्लेखनिय दर्शकहरु हुनुहुन्छ । अझ नेपाल र दर्शकको चाहनालाई मध्यनजर गरेर सिनेमा बनाउन सकियो भने अझ यो बजार धेरै राम्रो हो । तर केहीगरी दर्शकले चाहे अनुसारका सिनेमा बनाउन सकेनौ भने नेपालगन्जमा नेपाली सिनेमाप्रतिको चाहट गुम्छ ।
अन्त्यमा ?
सबैंप्रति आभारी छु । यदि तपाईहरुलाई ‘ह्यारी की प्यारी’ हेरेर राम्रो लाग्यो भने सकेसम्म सबैलाई भन्दिनु होला । जे लाग्छ, जस्तो लाग्छ भन्दिनु होला भन्न चाहान्छु ।






प्रतिक्रिया दिनुहोस्