एजेन्सी –
Advertisement 1
अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली चल्दा ६ महिनाको बच्चासहित ६ जनाको ज्यान गएको छ।
बिहान मध्य क्यालिफोर्नियाको गोशेनमा दुई जना व्यक्तले जथाभाबी गोली चलाउँदा ६ जनाको ज्यान गएको प्रहरी अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ।
Advertisement 2
बच्चाकी १७ वर्षकी आमाको पनि ज्यान गएको छ । आक्रमणकारीको खोजी भइरहेको र उनीहरु लागुऔषध गिरोह हुन सक्ने प्रहरीले जनाएको छ।
एक हप्ताअघि पीडितको घरमा लागुऔषध खोजी वारेन्ट कार्यान्वयन गरिएको थियो।





प्रतिक्रिया दिनुहोस्