२०८२ माघ ८, बुधबार ०३:४३ गते
नेपाली समय

लुम्बिनी प्रदेशको उपसभामुखमा मेनुका निर्विरोध निर्वाचित

२०७९ माघ ३ गते, मंगलवार समय: १६:१२ मिनेट

दाङ –

Advertisement 1


लुम्बिनी प्रदेशको उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मेनुका खाँणकेसी निर्विरोध निर्वाचित भएकी छिन् । यसअघि सोमबार नै लुम्बिनी प्रदेशको सभामुुखमा नेकपा माओवादी केन्द्रका तुुलाराम घर्ती निर्विरोध निर्वाचित भएका थिए ।


उपसभामुखमा नेपाली कांग्रेस र नागरिक उन्मुुक्ति पार्टीले उम्मेदवारी दिएका थिए । सोहीअनुसार आज निर्वाचित गरिने भएता पनि कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी चौधरीले सत्ता गठबन्धनका उम्मेदवार खाँणलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै उपसभामुखमा खाँण निर्विरोध निर्वाचित भएकी हुन् ।

Advertisement 2


पाठक र चौधरीले मंगलाबार दिउँसो प्रदेश सरकारलाई औपचारिकरुपमा पत्राचार गरी आफ्नो नाम उम्मेदवारको सूचीबाट हटाएका थिए ।

सम्बन्धित समाचार