२०८२ मंसिर २२, आईतवार ०१:०० गते
नेपाली समय

पोखरा विमान दुर्घटना : फ्रान्सेली टोलीले दुर्घटना अध्ययन गर्दै

२०७९ माघ ३ गते, मंगलवार समय: १८:५२ मिनेट

काठमाडौं –

Advertisement 1


आइतबार पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न मंगलबार फ्रान्सबाट विज्ञहरुको टोली नेपाल आएको छ । एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आइपुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।


विमान दुर्घटनापछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो बढेसँर्ग एटीआर निर्माता कम्पनीबाट काठमाडौँ आएको हो । सार्थ नेपाल आएको नौ सदस्यीय विज्ञ टोली मंगलबार नै पोखरा पुगेर अध्ययन सुरु गरेको जनाइएको छ ।

Advertisement 2


यसअघि सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिसकेको छ । आयोगसदस्यमा हवाई विज्ञका रुपमा नेपाली सेनाका अवकाशप्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला र अवकाशप्राप्त क्याप्टेन सुनिल थापा रहेका छन् । हवाई मर्मत विज्ञ एकराज जङ्ग थापा र आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । आयोगले जाँचको काम सुरु गरिसकेको छ ।

सम्बन्धित समाचार