बुटवल –
Advertisement 1
नारायणगढ–मुग्लिन सडकखण्ड थप १ महिना भन्दा गरिएको छ । काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर सडक निर्माणको कामलाई तीव्रता दिइएको हो ।
यसअघि पनि दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो। गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो।
Advertisement 2
फेरि यही माघ ५ गतेबाट भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० दिन बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सो आयोजना हेर्दै आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार निर्माणाधीन पाँच पुलमध्ये तीनको भित्तो काट्ने काम सकिएको छ।





प्रतिक्रिया दिनुहोस्