२०८२ मंसिर २२, आईतवार ००:२६ गते
नेपाली समय

पोखरा विमान दुर्घटना : दुर्घटना पत्ता लगाउन फ्रान्सेली टोलीले अध्ययन सुरु गर्यो

२०७९ माघ ४ गते, बुधबार समय: १८:४६ मिनेट

काठमाडौं –

Advertisement 1


आइतबार पोखरामा दुर्घटना भएको एति एयरलाइन्सको एटीआर विमान दुर्घटनाबारे नेपाल आएको फ्रान्सेली टोलीले अध्ययन सुरु गरेको छ । विमान दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सेली टोली बुधबार घटनास्थलमा पुगेको छ ।


पहिलोपटक एटीआर विमान दुर्घटना भएकोले निर्माता कम्पनीले दुर्घटनाप्रति चासो देखाउँदै अध्ययनका लागि नेपाल आएको हो ।

Advertisement 2


एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोलीले दुर्घटनाबारे अध्ययन सुरु गरेको हो । बुधबार विज्ञ टोलीले घटनास्थलको अवलोकन गरेको छन् । अब उनीहरुले उडानमा संलग्न व्यक्तिहरुसँग पनि छलफल गर्नेछ र दुर्घटनाको कारण पत्ता लगाउने छ ।


सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा बनाएको पाँच सदस्यीय दुर्घटना जाँच आयोगले पनि पोखरामै रहेर काम थालेको छ ।

Advertisement 3


जहाँजको ब्ल्याक बक्सको रिपोर्ट आउन ढिला हुने भएकाले रिपोर्ट कहिलेसम्म आउने भन्न नसकिने जाँच आयोगले जनाएको छ ।


पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन भएको थियो । आयोग सदस्यमा हवाई विज्ञका रुपमा नेपाली सेनाका अवकाश प्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला र अवकाशप्राप्त क्याप्टेन सुनिल थापा छन् । आयोगको सदस्यमा हवाई मर्मत विज्ञ एकराज जंग थापा र आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।

सम्बन्धित समाचार