बाँके –
Advertisement 1
जिल्लामा पछिल्लो समय दादुराको प्रकोप बढ्दै गएको छ । यस विषयलाई लिएर बाँके क्षेत्र नम्बर १ का संघीय सासद सूर्य ढकालले दादुरा प्रकोप नियन्त्रण तथा रोकथामको लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई आग्रह गरेका छन् ।
ढकालले स्वास्थ्यमन्त्री गिरीलाई जिल्लाको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै दादुराको प्रकोप अझ बढ्न सक्ने बताएका हुन् । उनले स्वास्थ्य सेवा विस्तारका लागि भौतिक पूर्वाधार निमार्ण जनशक्ति व्यवस्थापन, जनचेता अभिवृद्धिका लागि बजेटको समेत व्यवस्थापन गर्न आग्रह गरिएको सांसद ढकालको सचिवालयले जनाएको छ ।
Advertisement 2
हालसम्म बाँकेमा २ सय ९ जना दादुराका बिरामी फेला परिसकेका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्जमा सबैभन्दा धेरै १ सय ९१ जना बिरामी फेला परेका छन् । नरैनापुर गाउँपालिकामा १३, खजुरा गाउँपालिकामा ३ जना र कोहलपुर नगरपालिकामा २ जना फेला परेका हुन् ।
बाँकेमा दादुरा संक्रमणको महामारीलाई नियन्त्रण गर्न आवश्यक रहेको खोपको अभाव हुन नदिन निरन्तर खोप आपूर्ति भइरहेको छ । मगलबारमात्रै प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रबाट २४ हजार डोप खोप प्राप्त भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । हालसम्म जिल्लामा आपूर्ति भएको ७० हजार ५ सय डोज खोपमध्ये ३३ हजार ३ सय डोज खोप मौज्दात रहेको छ ।
Advertisement 3
जिल्लामा अहिलेसम्म १ सय ५० जना निको भइसकेका छन् भने एक जनाको मृत्यु भएको छ । ५८ जना घरमै उपचाररत छन् । नेपालगन्ज ३१ हजार ४२ जना र खजुराका ५ हजार ९ सय ७४ जना गरी ३७ हजार १६ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्