उक्त सडकको इस्टिमेट रकम ५२ लाख १० हजार ५ सय ८० रुपैयाँ थियो । सडक निर्माण गरेको मैटहवा साइमन प्रालिले भने भण्डै आधा रकम २७ लाख ३६ हजार १५ रुपैयाँ कबुल रकममा उक्त सडक निर्माणका लागि २०७८ पुष ९ गर्ने सम्झौता गरेको थियो ।
Advertisement 1
विक्रम बुढाक्षेत्री
बाँकेको जानकी गाउँपालिकाको वडा नम्बर ४ मा निर्माण सम्पन्न भएको पिज बाटो उम्किन सुरु भएको छ । वडाको गिजरादेखि लैनपुर हुँदै कृषि तालिम केन्द्रसम्मको कालोपत्रे बाटो निर्माण सम्पन्न भएको १ महिनामै भत्किन सुरु भएको हो ।
Advertisement 2
स्थगल निरीक्षणमा जाँदा निर्माण सम्पन्न भएको उक्त बाटोको धेरैजसो नालीतर्फको पिज भत्किएको देखियो भने जहजै हातले पिजमा प्रयोग गरिएको गिट्टीलगायतका वस्तु निस्किएको थियो । यस विषयमा स्थानीयहरु सडक निर्माणमा चरम लापरबाही भएको बताउँछन् भने केहीले सडक निर्माणमा कमिसनको खेल भएको बताउँछन् । उनीहरुले यस विषयमा छानविन गर्न पालिकालाई माग पनि गरेका छन् ।

स्थानीय रिता बर्मा ठेकेदार र पालिकाका इन्जिनियरहरुबीच पैसाको चलखेलले गर्दा कमशल बाटो निर्माण भएको बताउँछिन् । त्यस्तै स्थानीय हरिराम यादव पहिलोपटक बनेको बाटो पनि गुणस्तरहीन बनाएको भन्दै छानविन गर्नुपर्ने बताउँछन् । त्यस्तै स्थानीय गंगा पुन बाटो बनाउँदा खटिएका इन्जिनियर र ठेकेदारकै कमिकमजोरी रहेको बताउँछिन् ।
उक्त सडकको इस्टिमेट रकम ५२ लाख १० हजार ५ सय ८० रुपैयाँ थियो । सडक निर्माण गरेको मैटहवा साइमन प्रालिले भने भण्डै आधा रकम २७ लाख ३६ हजार १५ रुपैयाँ कबुल रकममा उक्त सडक निर्माणका लागि २०७८ पुष ९ गर्ने सम्झौता गरेको थियो । सो सडक निर्माण सम्पन्न गर्ने मिति २०७९ असार २० गते भएता पनि समयमै सडक निर्माण सम्पन्न नभएपछि मंसिर २९ गतेसम्मका लागि म्याद थप गरिएको थियो ।
Advertisement 3
यस विषयमा जानकी गाउँपालिकाले भने सडक निर्माण गर्न प्रयोग भएको सामग्री गुणस्तरीय भएको दावी गरेको छ । लागत अनुमानमा स्टिमेट अनुसारको सामान प्रयोग गरिएको इन्जिनियरले बताएका छन् । तर निर्माण सम्पन्न भएको उक्त सडकको केही भागमा घाँस उम्रिएको, धस्सिएको र भत्किएको पालिकाका इन्जिनियर प्रजेश आलेले स्वीकार गरे ।
‘एकआत ठाउँमा जहाँ बिजुलीको तारहरु थियो । त्यहा रोलिङ लाउन नमिलेर केही घाँसहरु उर्मिएको देखिएको छ,’ इन्जिनियर आलेले भने, ‘एउटा ठाउँमा अलि प्रेस दाबिएर कालोपत्रे धसेको छ ।’

यस विषयमा पालिका उपाध्यक्ष रामप्यारी यादव सडक पुरै भास्सिँदै गएको बताउँछिन् । उनले सडकमा कस्तो सामान प्रयोग भएको छ भन्दा पनि बाहिरबाट कस्तो देखिएको छ भन्ने कुराले महत्व राख्ने बताउँछिन् । उनले जनताको पैसामा लापरबाही भएको बताइन् ।
पालिकाका जनप्रतिनिधिहरुले यस विषयमा आवश्यक छलफल गरी अनुगमन गरेर अगाडि बढ्ने बताएका छन् ।







प्रतिक्रिया दिनुहोस्