२०८२ मंसिर २२, आईतवार २१:५२ गते
नेपाली समय

राप्ती सनारीले राजमार्गमा गर्यो वृहत सरसफाई

२०७९ माघ ५ गते, बिहीबार समय: १९:०९ मिनेट

Advertisement 1

बाँके –


राप्ती सोनारी गाउँपालिकाले गाउँपालिका भित्र पर्ने राजमार्गलाई सफा राख्न ४ वटा वडामा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । बिहीवार राप्ती सोनारीकाे वडा नम्बर १ को सिमाना शिव खोलादेखि वडा नम्बर २, ८ र ९ भालु खोलासम्म गाउँपालिकाको आयोजनमा वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement 2

गाउँपालिका भित्र बाँके राष्ट्रिय निकुन्जको करिब ७२ किलोमीटर राजमार्ग पर्दछ । सो राजमार्ग बाँकेको पहिचान सफा राख्न सबै लाग्नुपर्ने पालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले बताए । उनले राप्ती सोनारीलाई नमुना बनाउन सबै एकजुट हुनुपर्ने बताए । साथै राप्ती सोनारीको मुहार परिबर्तन गर्नको लागी बाँके राष्ट्रिय निकुन्ज र राजमार्गलार्ई एक दिन सफा गरेरमात्र नहुने भन्दै सधै सबैले सफा राख्नु पर्ने उनको भनाइ थियो ।

राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिशा सिंह थारुले राप्ती सोनारीलाई देशकै नमुना पालिका बनाउन लागि बाँके राष्ट्रिय निकुन्ज र सबै वडालाई सफा राख्न गाउँपालिकाबाट विभिन्न सरसफाई कार्यक्रमहरु ल्याईएको हो । पहिलो चरणमा राजमार्ग र राजमार्गसंग सिमाना जोडिएका वडाहरुमा यो कार्यक्रम गरिएको बताउँदै थरुले यो कार्यक्रमलाई सफल पर्ने सबै लाग्नु पर्नेमा जोड दिईन ।

Advertisement 3

राप्ती सोनारी गाउँपालिकाको आयोजना भएको बृहत सरसफाइ कार्यक्रममा राप्ती सोनारी वडा नं १, २, ८,९ र बांके राष्ट्रिय निकुन्ज, अर्जुन बाण गण, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी, सबै वडाका सामुदायिक विद्यालय, सबै वडाका टोल बिकास संस्था, उद्योग बाणिज्य संघ राप्तीसोनारी, खानेपानी तथा सरसफाइ उपभोक्ता समिती लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार