बाँके –
Advertisement 1
बाँकेको राप्ती सोनारीमा संचालित पन्ध्रौ राष्ट्रिपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता तथा पाँचौ राप्ती सोनारी गाउँपालिकास्तरीय अध्यक्ष कप प्रतीयोगितामा नयाँ रेकर्ड कायम भएको छ । शनिबार सम्पन्न छात्रातर्फको ८ सय मिटर दौड प्रतीयोगितामा अनिशा थारुले नयाँ रेकर्ड कायम गरेकी हुन् ।
सरस्वती मा.वि. भवानियापुरका खेलाडी अनिशा थारुले ने.रा मावि अगैयाकी राष्ट्रिय खेलाडी दिया सुनारलाई पछि पार्दै प्रथम भएकी छिन् । दौड प्रतीयोगितामा थारुले २ मिनेट ४४ सेकेन्ड ३१ पाउन्डमा दौड पूरा गरेकी हुन् । दोस्रो भएकी राष्ट्रिय खेलाडी सुनारले २ मिनेट ५३ सेकेन्ड ०१ पाउन्डमा दौड पूरा गरेकी हुन् ।
Advertisement 2
त्यस्तै तेस्रो भएकी जना जागृती आ.वि नवलपुरका खेलाडी प्रतीमन थारुले २ मिनेट ५८ सेकेन्ड ८८ पाउन्डमा दौड पूरा गरिन् ।





प्रतिक्रिया दिनुहोस्