२०८२ मंसिर २२, आईतवार ०९:४२ गते
नेपाली समय

नेपालगन्जको महोत्सवलाई तताउनेछन् यी चर्चित हस्तीले

२०७९ माघ ७ गते, शनिबार समय: १९:१२ मिनेट

बाँके –

Advertisement 1


करिब ४ वर्षपछि नेपालगन्जमा आयोजना हुन लागेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’लाई तताउन दर्जन बढी केन्द्रीय कलाकारहरुको टोली नेपालगन्ज आउँदै छ । साथै केही भारतीय कलाकार महोत्सवलाई सफल बनाउन नेपालगन्ज उत्रिने छन् ।


महोत्सवमा विशेषत भोजपुरी गायक खेसारी लाल र मोडेल डान्सर प्रिती पासवानसहितका अन्तर्राष्ट्रिय कलाकार आउने आयोजकले जनाएको छ । माघ १० गतेवदेखि संचालन हुने महोत्सवमा ५० बढी कलाकारहरुको सहभागिता रहने प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिएका छन् । महोत्सवमा राष्ट्रिय ख्याती प्राप्त कलाकार ¥यापर भि–टेन तथा गायक प्रमोद खरेलको पनि बेजोड प्रस्तुति रहने उनले बताए ।

Advertisement 2


साथै महोत्सवमा गायिका ज्योती मगर, बद्री पंगेनी, ¥यापर लाहुरे, माइला, टंक तिमिल्सेना र गायिका रेखा जोशी, ¥यापर मिस्टर आरजे, गायिका सृजना खत्री (हाउडे माया), गायक प्रकाश सपुत, गायिका प्रिती आले, टीका सानु, डान्सर अञ्जली अधिकारी, आरुषी मगर, रुबिना अधिकारी, गायिका शान्ती श्री, मिलिना राई, बिन्दु परियार, गायक एम.टी. महर, चन्द्र शर्मा, बाल गायक सुप्रिम मल्ल, बाल गायिका कमला घिमिरे, कमेडी कलाकार भटभटे÷पुतली, बल्छी÷राजु माष्टरलगायतका कलाकारहरुको बेजोड प्रस्तिुति रहनेछ ।


महोत्सवको होस्ट विजय पुन, दिप मगर र प्रेरणा गिरीले गर्ने प्रचारप्रसार समितिले जनाएको छ ।
नेपालगन्जको सडक भिगामा संचालन हुने महत्सव १५ महोत्सव संचालन हुनेछ ।

सम्बन्धित समाचार