२०८२ मंसिर २२, आईतवार २२:२३ गते
नेपाली समय

फोखरा विमान दुर्घटना : बेपत्ता एकजना अझै भेटिएनन्

२०७९ माघ ७ गते, शनिबार समय: १९:४८ मिनेट

काठमाडौं –

Advertisement 1


पोखरामा दुर्घटना भएको यती एयरको विमानमा सवार एकजना अझैसम्म भेट्टिएका छैनन् । माघ १ गते आइतबार पोखरामा दुर्घटना विमानमा सवार ७२ जनामध्ये एकजना बेपत्ता भएका व्यक्तिलाई सात दिनसम्म पनि फेला पार्न सकिएको छैन ।


नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार विमानमा रहेका १५ विदेशी नागरिक सहित ७२ जनामध्ये ७१ जनाको शव मंगलबार बेलुकासम्म फेला परिसकेको भए पनि बेपत्ता एकजनको भने खोजी कार्य जारी भइरहेको छ । सेती नदी खोँचमा दुर्घटनामा परेको उक्त विमानमा सवारमध्ये एकजनाको शव नभेटिएको हुनाले नेपाली सेनाले खोजीकार्य जारी राखेको जनाएको छ ।

Advertisement 2


शनिबार दिनभर खोजी कार्य जारी राखेता पनि थप एक बेपत्ता भेट्न सकिएको छैन । त्यसैले सेनाले खोजीकार्यलाई आइतबार बिहानदेखि निरन्तरता दिने जनाएको हो ।
दुर्घटनामा परेकामध्ये पहिचान नभएका, विदेशी नागरिक र पोखराभन्दा बाहिर आफन्त भएकाहरूलाई मंगलबार नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याएर पोष्टमार्टम गरिएको छ ।

सम्बन्धित समाचार