२०८२ मंसिर २२, आईतवार ०१:१५ गते
नेपाली समय

दादुरा महामारी अवलोकन गर्न स्वास्थ्य मन्त्री गिरी नेपालगन्जमा

२०७९ माघ ७ गते, शनिबार समय: २२:१९ मिनेट

बाँके –

Advertisement 1


स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी दादुरा महामारी क्षेत्रको अवलोकन गर्न बिहीवार नेपालगन्ज आएका छन् । नेपालगन्ज आएका मन्त्री गिरीले आईतबार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ स्थित आधारभूत स्वास्थ्य केन्द्र डिएसपी रोड पुगेर यहाँको अवस्थाबारे जानकारी लिने नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । साथै स्वास्थ्यमन्त्री गिरी नेतृत्वको टोलीले भेरी अस्पतालको निरीक्षण पनि गर्नेछ ।


साथै बाँकेमा २ सय ६० जना बालबालिका दादुरा संक्रमित भएका छन् । शनिबार थप १४ जना नयाँ विरामी फेला परेका छन् । पुस १२ गतेदेखि फैलिएको दादुरा जिल्लाका पाँच वटा पालिकामा देखिएको छ । नेपालगञ्ज, नरैनापुर, खजुरा, डुडुवा र कोहलपुरमा दादुरा देखिएको हो । संक्रमित मध्ये १ सय ९६ जना निको भएका छन् । ६३ जना घरमै उपचारमा छन् । नेपालगञ्जमा मात्रै हालसम्म २ सय ३ जना बालबालिका दादुरा संक्रमित भएका छन् ।

Advertisement 2


सोमध्ये १ सय ७५ जना निको भएका छन् भने २७ जना घरमा आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
हालसम्म एक जनाको मृत्यु भएको छ ।


दादुरा फैलिएपछि पुस २२ गतेदेखि खोप अभियान जारी भएको हो ।

सम्बन्धित समाचार