२०८२ मंसिर २१, शनिबार २३:३४ गते
नेपाली समय

जानकीद्वारा कृषकलाई निःशुल्क स्प्रे ट्याङ्की वितरण

२०७९ माघ ८ गते, आईतवार समय: १३:४५ मिनेट

बाँके –

Advertisement 1


बाँकेको जानकी गाउँपालिकाले पालिकाका कृषकलाई निशुल्क स्प्रे ट्याङ्की वितरण गरेको छ । आईतबार पालिकाको वडा नम्बर ५ ले कार्यक्रमको आयोजना गरेर ४० जना कृषकलाई विषादी छर्कने ट्याङ्की वितरण गरेको हो ।

कार्यक्रममा पालिका अध्यक्ष छब्बन् खाँ, वडा नम्बर ५ का वडा अध्यक्ष टिकानाथ यादव, वडा नम्बर २ का वडा अध्यक्ष चन्द्रिकाप्रसाद गुप्तालगायतले कृषकहरुलाई स्प्रे ट्याङ्की वितरण गरेका हुन् ।

Advertisement 2

पालिकाका अध्यक्ष खाँले पालिकामा ८० प्रतिशतभन्दा बढी व्यक्ति कृषि पेसामा आबद्ध भएकाले कृषकलाई प्रोत्साहन गर्न स्प्रे ट्याङ्की वितरण गरिएको बताए ।

कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत सीहराज डाँगीले पलिकालाई कृषिमा आधुनकरण गर्न पलिकाले कृषक लक्षित कार्यक्रम ल्याएको बताए ।

Advertisement 3

साथै कार्यक्रममा बोल्ने वक्ताहरुले स्प्रे ट्याङ्की प्रयोग गर्दा स्वास्थ्यलाई मध्यनजर गर्दै बालबालिकाको पहुँचभन्दा टाढा स्प्रे ट्याङ्कीलाई राख्न अनुरोध गरे ।

सम्बन्धित समाचार