काठमाण्डौ –
Advertisement 1
दुई नेपालीको भारतमा अपहरण गरी गत्या गरिएको छ । जनकपुरधामका दुई युवकलाई अपहरण गरेर भारतमा लागि हत्या गरिएको हो । जनकपुरधाम उप-महानगरपालिका – ८ का रोहित साह र १३ का विष्णु साहको भारतको बिहारस्थित सितामढी जिल्लाको बेला परिहारमा हत्या गरिएको छ ।
यसअघि रोहितले बिष्णुलाई लिएर आफन्तको घरमा गएका थिए । सोपपस्थात करिब १३ दिनदेखि उनीहरू सम्पर्कविहिन थिए । आफन्तको घरबाट अपहरणमा परेर सम्पर्कविहिन भएका बेला भारतीय मोबाइल नम्बरबाट फिरौंतीको लागि फोन आएको थियो । तर फिरौंती लिनुअघि नै उनीहरुको हत्या भएको छ ।
Advertisement 2
अपहरणकारीले उनीहरुको परिवारजनसँग सुरुमा ५० लाख मागेको थियो भने पछि फिरौंती रकम २० लाख मागेका थिए । अपहरणकारीहरुले बिष्णुको आवाज रेकर्ड गरेर उनको परिवारलाई पठाएको थियो ।
विष्णुका पारिवारिक सदस्यहरुका अनुसार अपहरणकारीहरुले फिरौतीको रकम लिएर सर्लाहीको मलंगवा नाकामा बोलाएका थिए । तर, एकाएक अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि विष्णुको परिवारमा तनाव बढेको थियो । आइतबार बिहान भेटिएको शव सनाखतका लागि भारतीय प्रहरीले मृतकका परिवारलाई खबर गरेको थियो । स्थानीय प्रहरीले अनुसार मृतक दुबैजना परिवारका सदस्य हुन् ।
Advertisement 3
मृतक दुबै जनाको शव अहिले भारतको बेला परिहारस्थित स्थित प्रहरी कार्यालयमा राखिएको छ । शव नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ ।






प्रतिक्रिया दिनुहोस्