बाँके –
Advertisement 1
नेपालगन्जलगायत जिल्लामै फैलिएको दादुरा प्रकोपको अवलोकनका लागि नेपालगन्ज आइपुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले दादुरा प्रकोपलाई नियन्त्रण विशेष पहलकदमी चालिने बताएका छन् । उनले पत्रकारसँगको भेटवात्रामा दादुरा प्रकोपलाई नियन्त्रण गर्न खोप अभियान विशेष जोड दिने बताएका हुन् ।
‘दादुरा नियन्त्रणका लागि बाँकेमा राम्रो काम भएको छ । यसलाई अझ प्रभावकारी बनाउन खोप अभियानलाई अझ प्रभावकारी बनाउने योजनामा हामी छौं,’ गिरीले भने । उनले दादुरा नियन्त्रणका लागि घर–घरमा खोप अभियान संचालन गर्नुपर्नेमा जोड दिए ।
Advertisement 2
त्यस्तै गिरीले सिकलसेलका बिरामीका लागि पनि आफूले पहल कदमी चाल्ने बताए । उनले सिकलेसलका बिरामीका लागि स्वास्थ्य बीमा प्रभावकारी नभएको भन्दै बीमालाइ प्रभावकारी बनाउन र सरकारले उच्चरक्तचाप तथा मधुमेहको औषधि उपलब्ध गराए जस्तै सिकलसेलका बिरामीलाई पनि सहजै औषधि उपलब्ध गराउन आफ्नो भूमिका रहने बताए ।
साथै मन्त्री गिरीले अवलोकनका क्रममा भेरी अस्पतालमा रहेको डायलाासिस कक्षको पनि उद्घाटन गरेका छन् । यसअघि भेरीमा ४ वटामात्रै डायलासिस मेसिन थियो । आइतबार गिरीले थप ८ वटा डायलासिस मसिन भएको कक्षको उद्घाटन गरेको हुन । अब भेरीमा डायलासिलका लागि १२ वटा मेसिन रहेका छन् ।
Advertisement 3
यसैगरी मन्त्री गिरीले नयाँ बनेको सरकारले प्रत्येक नागरिकलाई सहजरुपमा स्वास्थ्यको पहुँचमा पु¥याउन विशेष योजनासहित काम गर्ने बताए ।
त्यसैगरी अनुगमनका क्रममा मन्त्रालयका सचिव डा.पोखरेलले भेरी अस्पताललाई केन्द्रीयस्तरको अस्पतालको रुपमा स्तरोन्नति गर्र्ने काम अघि बढेको बताए । उनले भेरीको भौतिक पूर्वाधारदेखि स्वास्थ्यकर्मीको दरबन्दीको काम अन्तिम चरणमा पुगेको भन्दै गृह मन्त्रालयबाट स्वीकृत हुन बाँकी रहेको बताए ।
शनिबार बेलुका नेपालगन्ज पुगेको मन्त्री गिरीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोसन पोखरेलको टोलीले आइतबार दिनभर बाँकेका विभिन्न क्षेत्रको अवलोकन गरे । आइतबार बिहान मन्त्री गिरीको टोलीले दादुरा प्रकोप फैलिएको नेपालगन्जको वडा नम्बर ५ स्थित आधारभुत स्वास्थ्य केन्द्रको अवलोकन गरेको थियो । सोपश्चात भेरी अस्पताल र खजुरा गाउँपालिकामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अवलोकन गर्यो ।






प्रतिक्रिया दिनुहोस्