बाँके –
Advertisement 1
बाँकेको नेपालगन्जमा माघ १० गतेदेखि संचालन हुने महोत्सवको तयारी र प्रचारप्रसार तीव्ररुपमा भई रहेको छ । नेपालगन्जमो सडक विभागमा संचालन हुने ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’को प्रचारप्रसार व्यापर रहेको र तयारी अन्तिम चरणमा पुगेको प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले बताए ।
उनले भने, ‘प्रचारप्रसार सोचेको भन्दा धेरै राम्रोसंग भईरहेको छ । मिडियाकर्मीहरु समेत खटिएर प्रचारप्रसारलाई अगाडि बढाउनुभएको छ । प्रचारमा गाडी, अटोहरु पनि ठाँउ ठाँउमा बिहान ७ देखि साँझको ७ बजेसम्म लाग्नु भएको छ ।’ महोत्सवको प्रचारमा अनलाइन मिडिया, छापा मिडिया, सोसल मिडिया, रेडियो, टिभिलगायतको सहकार्य रहेको बताउँदै संयोजक कंडेलले मेलामा बढीभन्दा बढी व्यक्तिका सहभागिता रहने बताए ।
Advertisement 2

आयोजकले दर्शकहरुलाई आर्कषण गर्न ठाँउ – ठाँउमा ब्यानरसमेत राखेको छ । मुख्यत चारै तिर जोड्नका लागि राप्तीसोनारी, कोहलपुर, खजुरा र रुपैडिहा तर्फबाट आउनेहरुको ध्यान तान्नका लागि ब्यानर राखिएको संयोजक संडेल जानकारी दिए । बाटोमा स्वागतका लागि स्वागत गेट निर्माण हुने क्रममा रहेको उनलेब बताए ।
साथै महोत्सवमा थारु गाउँलाई विशेष आकर्षणका रुपमा राखिने पनि तयारी रहेको छ । थारु गाउँमा थारु समुदायको विभिन्न परिकार ढिक्री, घोघी, मुसाको चटनी, अचार, सिध्रा, सुंगुरको मासु, जाँडको झोललगायतका परिकार पाइने सोनारी राप्ती मिडिया प्रा.लि.का संचालक हेमन्त चौधरीले जानकारी दिएका छन् ।
Advertisement 3
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र सिवालय सेक्युरिटी एण्ड मल्टी प्रपोज कम्पनी प्रा. लि.को सहआयोजनामा उक्त महोत्सव २४ गते सम्म महोत्सव संचालन हुनेछ ।






प्रतिक्रिया दिनुहोस्