काठमाडौं –
Advertisement 1
जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या गरेको घटनामा संलग्न आशंकामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । नेपालबाट घटनामा संलग्न भएको आशंकामा २ जना नेपाली नागरिक र भारतीय प्रहरीले पनि घटनामा संलग्न भएको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएरको हो ।
नेपाल प्रहरीद्वारा पक्राउ पर्नेमा किसानकुमार पण्डित र मुकेस पाशवान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Advertisement 2
मृतक नेपालीको भारतमा अपहरण गरी गत्या गरिएको थियो । जनकपुरधाम उप–महानगरपालिका – ८ का रोहित साह र १३ का विष्णु साहको भारतको बिहारस्थित सितामढी जिल्लाको बेला परिहारमा हत्या गरिएको हो ।
यसअघि रोहितले बिष्णुलाई लिएर आफन्तको घरमा गएका थिए । सोपपस्थात करिब १३ दिनदेखि उनीहरू सम्पर्कविहिन थिए । आफन्तको घरबाट अपहरणमा परेर सम्पर्कविहिन भएका बेला भारतीय मोबाइल नम्बरबाट फिरौंतीको लागि फोन आएको थियो । तर फिरौंती लिनुअघि नै उनीहरुको हत्या भएको छ ।
Advertisement 3
अपहरणकारीले उनीहरुको परिवारजनसँग सुरुमा ५० लाख मागेको थियो भने पछि फिरौंती रकम २० लाख मागेका थिए । अपहरणकारीहरुले बिष्णुको आवाज रेकर्ड गरेर उनको परिवारलाई पठाएको थियो ।
विष्णुका पारिवारिक सदस्यहरुका अनुसार अपहरणकारीहरुले फिरौतीको रकम लिएर सर्लाहीको मलंगवा नाकामा बोलाएका थिए । तर, एकाएक अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि विष्णुको परिवारमा तनाव बढेको थियो । आइतबार बिहान भेटिएको शव सनाखतका लागि भारतीय प्रहरीले मृतकका परिवारलाई खबर गरेको थियो । स्थानीय प्रहरीले अनुसार मृतक दुबैजना परिवारका सदस्य हुन् ।
मृतक दुबै जनाको शव अहिले भारतको बेला परिहारस्थित स्थित प्रहरी कार्यालयमा राखिएको छ । शव नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ ।






प्रतिक्रिया दिनुहोस्