काठमाडौं –
Advertisement 1
पोखरा हवाई दुर्घटनामा मृत्यु भएका मध्ये अझै १४ जनाको शवको पहिचान हुन सकेको छैन ।
काठमाडौँ लगिएका मध्ये १४ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीले जानकारी दिए ।
Advertisement 2
डिएनए परीक्षणबाट शव पहिचान गर्नका लागि कम्तीमा २२ दिन लाग्ने उनले जानकारी दिए । फरेन्सिक जाँचका लागि काठमाडौँ ४८ शव लगिएको थियो । यस्तै, पोखरामा २२ जनाको फरेन्सिक जाँच गरिएको छ ।
यही माघ १ गते काठमाडौँबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना भएको थियो । दुर्घटनामा चार चालक दलका सदस्यसहित ७२ जनाको निधन भएको थियो ।





प्रतिक्रिया दिनुहोस्