२०८२ फाल्गुन ३०, शनिबार १९:०३ गते
नेपाली समय

पोखरा विमान दुर्घटना : ६० शव आफन्तजनलाई बुझाइयो

२०७९ माघ ९ गते, सोमबार समय: १८:३१ मिनेट

काठमाडौं –

Advertisement 1


पोखरमा भएको विमान दुर्घटनामा परेका मृत्यु भएका ७२ जनामध्ये सोमबारसम्म ६० जनाको शव आफन्तलाई बुझाइएको छ । साथै ७० जनाको शव पोस्टमार्टम भइसकेको छ ।


फोरेन्सिक मेडिसिन विभाग महाराजगञ्ज काठमाडौंका अनुसार सनाखत भएका ४ जनाको शव हस्तान्तरण गर्न बाँकी रहेको र सनाखत नभएका ६ जनाको शव सनाखत गरी हस्तान्तरण गर्ने प्रक्रियामा रहेको छ ।

Advertisement 2


हराइरहेका १ जनाको खोजी कार्य जिल्ला प्रशासन कार्यालय कास्कीले जारी राखेको र घटनास्थलबाट संकलन गरी फोरेन्सिक विभागमा ल्याइएको मानव अंगहरुको डीएनए परीक्षण कार्य पनि सँगसँगै भइरहेको पनि एयरलाइन्सले जनाएको छ ।

सम्बन्धित समाचार