बाँके –
Advertisement 1
बाँकेको नेपालगन्ज उप–महानगरपालिकाको वडा नम्बर १८ मा रहेको सडक विभावको चउरमा मंगलबारदेखि आयोजना हुने महोत्सवको सबै तयारी पूरा भएको छ । नेपाल घरेलु तथा उद्योग महासंघ जिल्ला शाखा बाँकले माघ १० गतेदेखि २४ गतेसम्म ‘चोैंथो प्रादेशिक औधोगिक लघु घरेलु तथा कृषि प्रविधि ब्यापार एव पर्यटन महोत्सव २०७९’ संचालन गर्दैछ । जसको सह–आयोजक भने सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनीले गरेको छ ।
‘समृद्ध नेपालको प्रमुख आधार ब्यापार, कृषि, पर्यटन, सांस्कृतिक तथा रोजगारको पूर्वाधार’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गर्न लागिएको छ । महोत्सवको पूर्वसंन्ध्यामा नेपालगन्जको धम्बोझीदेखि महोत्सव स्थलसम्म झाँकीसहितको र्याली अयोजना हुनेछ ।
Advertisement 2
महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशमन्त्री कृष्ण केसी नमुनाले गर्ने आयोजकले जनाएको छ ।
महोत्सवमा २ सय स्टल राखिएको छ । जसमध्ये ९६ प्रतिशत स्टल बुकिङ भई सकेको संचिवालय संयोजक जिआर भुसालले जानकारी गराए । करिब २५ लाख रुपैयाँ लागतमा आयोजना गर्न लागिएको उक्त महोत्सवमा करिब २ लाख व्यक्तिले अवलोकन आयोजकले अपेक्षा गरेको छ । साथै महोत्सवमा २ करोडको कारोबारको लक्ष्य लिएको भुसालले बताए ।
Advertisement 3
उक्त महोत्सवमा प्रवेशका लागि ६० रुपैयाँ प्रवेश शुल्क र विद्यार्थीलाई ५० रुपैयाँ टिकट दर राखिएको छ । भने मुख्य आकर्षकको बिन्दु यस क्षेत्र मै पहिलोपटक कुस्ती प्रतियोगिता आयोजना हुने आयोजकले हुनेछ । जसमा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी दावा थापालगायतका खेलाडीको सहभागिता हुनेछ भने थुप्रै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको उपस्थिति रहने आयोजकले बताएका छन् ।
त्यस्तै महोत्सवमा टिकटक स्थलको पनि व्यवस्था गरिएको छ भने थारु समुदायको सस्कृति झल्कने थारु गाउँँको पनि व्यवस्था गरिएको छ । जहाँ थारु समुदायका खानाका परिकारहरु उपलब्ध हुनेछन् ।






प्रतिक्रिया दिनुहोस्