बाँके –
Advertisement 1
बाँकेको राप्ती सोनारी गाउँपालिका – ६ मा आधारभुत स्वास्थ्य केन्द्रमा प्रसुति गृह भवन निर्माण सुरु भएको छ । राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले सोमबार प्रसुति गृहको शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले प्रसुति गृह भवन निर्माण भएपछि उपचार सेवामा पहुँच बढ्ने अपेक्षा गरिएको बताए । उनले एक वडा एक प्रसुति गृह बनाउने नीतिअनुसार वडा नम्बर– ६ मा प्रसुति गृह निर्माण गर्न लागेको बताए ।
Advertisement 2
कमैयाँ डाँडास्थित आधारभुत स्वाथ्य केन्द्र नजिँकै ३ कोठे प्रसुति गृह निर्माण सुरु भएको राप्ती सोनारी –६ का वडा अध्यक्ष लबराज खरेलले बताए । प्रसुति गृह निर्माणका लागि गाउँपालिकाले २५ लाख बजेट विनियोजन गरेको छ ।





प्रतिक्रिया दिनुहोस्