२०८२ मंसिर २२, आईतवार ००:३८ गते
नेपाली समय

छात्राले दिलाए उपाधि

२०७९ माघ ९ गते, सोमबार समय: २०:२४ मिनेट

बाँके –

Advertisement 1


छोराभन्दा छोरी कम हुँदैनन् भन्ने प्रमाण बाँकेको राप्ती सोनारी गाउँपालिकाका छात्राहरुले दिएका छन् । राप्ती सोनारी गाउँपालिकामा सम्पन्न पालिकास्तरीय अध्यक्ष कपमा छात्राकै दम्भमा एउटा विद्यालयले उपाधी जितेको हो ।


सोमबार राप्ती सोनारीमा सम्पन्न ‘पंन्ध्रौ राष्ट्रिपति रनिङ शिल्ड छनौट प्रतियोगिता तथा पाँचौ राप्ती सोनारी गाउँपालिकास्तरीय अध्यक्ष कप–२०७९’ मा भवानियापुरमा रहेको सरस्वती माविले छात्राकै दम्भमा उपाधी जितेको छ । सरस्वतीका छात्राले मात्रै ९ स्वर्ण जितेर विद्यालयलाई उपाधि दिलाएका हुन् । तर छात्रहरुले भने एउटा पनि स्वर्ण जित्न सकेनन् ।

Advertisement 2


‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ माघ ६ गतेदेखि सञ्चालन भएको अध्यक्ष कप सरस्वतीका छात्राले छात्रातर्फको १ सय मिटर. दौड, छात्रातर्फको ८ सय मिटर दौड, छात्रातर्फको १५ सय मिटर दौड, छात्रातर्फको ३ हजार मिटर दौड, छात्रा तर्फको ४१ सय मिटर दौड, छात्रातर्फको लम्जम्प, छात्रातर्फ ट्रिपल जम्प, छात्रातर्फ ज्याबलिङ थ्रो र छात्रातर्फको भलिबल खेलमा स्वर्ण पदक हाँसिल गरेका हुन् ।

सम्बन्धित समाचार