२०८२ कार्तिक २८, बिहीबार ११:५४ गते
नेपाली समय

विश्व क्षयरोग दिवस बाँकेको खजुरा गाउँपालिकामा अन्तरक्रिया तथा समिक्षा कार्यक्रम गरि मनाइयो

२०७९ चैत्र १० गते, शुक्रबार समय: २३:२० मिनेट

खजुरा ।विश्व क्षयरोग दिवस बाँकेको खजुरा गाउँपालिकामा पनि मनाईएको छ । खजुरा स्वास्थ शाखाकाे आयोजनामा आज खजुरामा अन्तरक्रिया तथा समिक्षा कार्यक्रम सम्पन्न गरेको छ। स्वास्थ शाखा खजुराले क्षयरोग नियन्त्रणका अन्तरक्रिया तथा समिक्षा कार्यक्रम आयोजना गरी क्षयरोग अन्त्यका लागि सबै सराेकार लाग्नुपर्नेमा जाेड दिएकाे हाे।यो आर्थिक बर्षमा खजुरा गाउँपालिकाम हाल सम्म १८ बालबालिका सहित ७० जना क्षयरोगको उपचारमा दर्ता भएको छन भने जम्मा यस आर्थिक बर्षमा १४४ जना रोगिहरु पत्ता लगाउने लक्ष्य लिईएको खजुरा गाउँपालिका स्वास्थ शाखा प्रमुख दिपक ढकालले जानकारी दिनुभयो ।गाउँपालिका मा क्षयरोग नियन्त्रण गर्न उत्कृष्ट भुमिका खेल्ने व्यतीहरुलाई सम्मान गरिएको छ। सम्मान कार्यक्रम खजुरा गाउँपालिका सामाजिक बिकाश संयोजक कृष्णाकुमारी पोखरेल बि ककाे अध्यक्षतामा स्वास्थ्य शाखा प्रमुख दिपक ढकाल, लक्ष्मी के सि , स्वास्थ्य संस्था प्रमुख, क्षयरोगका फोकल पर्सन, शिक्षा शाखा, कृषि शाखाका कर्मचारी को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा खजुरा गाउँपालिकामा क्षयरोग नियन्त्रणका लागि बिरामिको खोजपड्ताल
पहिचान तथा उपचार पुरा गराउन महत्वपुर्ण भुमिका खेल्ने महिला स्वास्थ्य स्वयं सेविका खजुरा गाउँपालिका वार्ड नं ५ कि सुनिता हरीजन र क्षयरोगको बिरामिको पहिचानमा सक्रिय सहयोग पुर्याउने पुर्व क्षयरोगी वार्ड नं ०६ प्रताप सिहं बि क लाई सम्मान पत्र, दाेसल्ला तथा नगद ५०० सहित सम्मान गरिएको स्वास्थ शाखा प्रमुख ढकालले जानकारी दिनुभयो । २०५० सम्ममा

Advertisement 1

नेपालबाट क्षयरोग उन्मुलन गर्ने लक्ष्य लिएको छ । नेपालमा बर्षेनि नयाँ क्षयरोगका ६९ हजार बिरामी भेटिने गरेका छन्। हरेक वर्ष १७ हजार व्यक्तिको क्षयरोगका कारण निधन हुने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निमित्त निर्देशक नवीनप्रकाश शाहले जानकारी दिए।नियमित औषधि खाए रोग निको हुने उनी बताउँछन्। आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ३७ हजार आठ सय ६१ विश्व क्षयरोगका बिरामीको उपचार हुने गरेकामा ९१ दशमलव पाँच प्रतिशत बिरामी निको हुने गरेका छन्।क्षयरोगीमध्ये ६१ दशमलव छ प्रतिशत पुरुष, ३८ दशमलव चार प्रतिशत महिला र आठ दशमलव सात प्रतिशत (१५ वर्षभन्दा मुनिका बालबालिका) रहेका छन्।

सम्बन्धित समाचार