२०८२ फाल्गुन २३, शनिबार ११:१७ गते
नेपाली समय

तोकिएको समय र गुणस्तरमा निर्माण कार्य सम्पन्न गर्न निर्माण ब्यबसायीलाई अध्यक्ष बिककाे निर्देशन

२०७९ चैत्र १२ गते, आईतवार समय: २३:५६ मिनेट

खजुरा।बाँकेको खजुरा गाउँपालिकाले गत आर्थिक बर्ष र यस आर्थिक बर्षमा ठेक्का प्रक्रियाबाट संन्चालन भएका योजनाका निर्माण व्यावसायीहरु सँग छलफल गरेकाे छ । छ्लफलमा पुराना योजना सँग सम्बन्धित निर्माण ब्यबसायीको न्यून उपस्थित रहेको थियो । उक्ति छ्लफलमा खजुरा गाउँ पालिका अध्यक्ष डम्बर बहादुर बिकले पालिकाले गर्नु पर्ने सहयोग गर्ने तर तोकिएको समयमा निर्माण कार्य संपन्न गर्न निर्माण ब्यबसायीलाई निर्देशन दिनुभएको छ। बैठकमा उपस्थित नहुने अहिलेसम्म निर्माण कार्यमा आलटाल गर्ने निर्माण ब्यबसायीहरुलाई तुरुन्तै स्पष्टीकरण सोध्न कर्मचारीलाई निर्देशन दिदै चित्तबुझ्दो स्पष्टीकरण नआएमा कानुनी कारबाही अगाडि बढाउने बताउनु भएको छ । कार्यक्रममा उपाध्यक्ष मन्जु मल्लले निर्माण कार्यमा गुणस्तर कायम गर्न र प्राबिधिकको निर्देशन अनुसार कार्य गर्न निर्माण ब्यबसायीहरुलाई निर्देशन दिनु भयो । सम्पूर्ण उपस्थित निर्माण ब्यबसायीहरुले समयमै काम संपन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उक्ति छलफलमा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मन्जु मल्ल ,प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी , लेखा अधिकृत प्रदिप सुनार र निर्माण व्यबसायीकाे उपस्थिति रहेको थियोे ।

सम्बन्धित समाचार