२०८२ माघ ८, बुधबार ०२:२८ गते
नेपाली समय

सेवाप्रबाहलाई प्रभाबकारी बनाउन सामुदायिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे खजुराका कर्मचारीहरुले

२०७९ चैत्र २४ गते, शुक्रबार समय: २२:४० मिनेट

खजुरा।खजुरा गाउँ पालिकामा जनप्रतिनिधि र कर्मचारी बिच सेवाप्रबाहलाई
प्रभाबकारी बनाउने सबन्धमा अन्तरकृया कार्यक्रम संपन्न भएको छ कार्यक्रममा खजुरा गाउँ पालिका अध्यक्ष डम्बर बहादुर विक उपाध्यक्ष मन्जु मल्ल प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी वडा अध्यक्ष, कार्यपालिका सदस्य,पालिकाका शाखा प्रमुखहरु, वडा सचिव, स्वास्थ संस्थाका प्रमुखहरु र संपुर्णकर्मचारीहरुको उपस्थिति रहेकाे थियाे । सेवा प्रवाहलाई प्रभावकारी बनाउने बारेमा बोल्दै खजुरा
गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले जनप्रतिनिधि र कर्मचारीबिच सकारात्मक सम्बन्धको विकास गर्दै जनताका अपेक्षा पुरा गर्नु पर्ने बताए । शुक्रबार भएको अन्तरक्रियाले देशभरका स्थानीय तहमा सकारात्मक सन्देश दिएको बताउँदै अध्यक्ष
विकले कानुनले निर्देशन गरेका कुरालाई पालना गर्दै काम गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘देशको विकासमा कर्मचारीको भुमिका महत्वपुर्ण हुन्छ । तर स्थानीय तहमा काम गर्ने दौरानमा केही कर्मचारी र जनप्रतिनिधिबिच केहि बुझाई फरक भिन्नता देखिन्छ । जनप्रतिनिधि भनेका केहि समयका लागि हुन् । कर्मचारी नै देशको स्थायी सरकार र सत्ता हुन् ।यो राष्ट्र बनाउनमा सबैभन्दा धेरै कर्मचारीको भुमिका महत्वपुर्ण हुन्छ भनेर मैले बुझेको छु ।’
जनप्रतिनिधिलाई विधि सम्बद काम गराउने कुरामा पनि कर्मचारीको मुख्य भुमिका हुने अध्यक्ष विकले बताए । उनले भने, ‘जनप्रतिनिधिलाई जनता अपेक्षा र समस्या समाधान गर्नु पर्ने दबाब हुन्छ । त्यो दबाब कर्मचारीमाथि थोपार्ने होइन । त्यसलाई विधि सम्बद रुपमा कसरी काम गर्न सकिन्छ भनेर सोच्ने हो ।
कर्मचारीले पनि जनप्रतिनिधिलाई कानुनी रुपमा काम गर्नको लागि सजिलो बनाईदिनु पर्छ अध्यक्ष विकले बताउनुभयो । गाँउपालिका उपाध्यक्ष मन्जु मल्लले कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध सुमधुर रहेको सोहि अनुसार पालिकाको विकासमा लाग्नुपर्ने उल्लेख गर्नुभयो । उपाध्यक्ष मल्लले जनताको चाहना अनुरुप कार्यक्रम ल्याइएको हुँदा त्यसलाई कार्यन्वयन तर्फ लैजानु कर्मचारीहरुको जिम्मेवारी रहेकोले यसमा खटेर पुरा गर्न आवश्यक रहेको बताउनुभयो । खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले जनप्रतिनिधि र कर्मचारीले आफनो जिम्मेवारीलाई इमानदारिताका साथ निर्वाह गरे जनतालाई समस्याहरु समाधान गर्न सहज हुने
बताए ।उनले भने, ‘जनप्रतिनिधि र कर्मचारीबिच आपसी
सम्बन्ध राम्रो हुनु पर्छ । जनताबाट निर्वाचित भएर आएका जनप्रतिनिधिलाई कर्मचारीले सम्मान गर्नुपर्छ । जनप्रतिनिधिले पनि कर्मचारीलाई सुशासन कायम गर्दै सहज रुपमा काम गर्ने
वातावरण दिनु पर्छ ।’ कर्मचारीले अनुशासित भएर काम गर्दा समाजमा सकारात्मक सन्देश जानेभएकोले पालिकाका कर्मचारीलाई त्यसमा ध्यान दिन सुवेदीले निर्देशन दिनुभयो ।गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी
बिच सेवाप्रबाहलाई प्रभाबकारी बनाउने विषयमा गरिएको अन्तरक्रिया कार्यक्रममा कर्मचारीले सेवा प्रबाहलाई प्रभाबकारी बनाउन १५ बुँदे सामुदायिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । खजुरा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा खजुरा आएपछि पालिकाको बिविध पक्षमा सुधारको थालनी प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी गर्नुभएको छ।

सम्बन्धित समाचार