२०८२ मंसिर २२, आईतवार २१:२९ गते
नेपाली समय

खजुरामा भान्सा सुधार अभिमुखिकरण

२०८० बैशाख २६ गते, मंगलवार समय: १९:३६ मिनेट

खजुरा : स्वस्थकर जीवनशैली प्रवद्र्धनमा गृहिणीहरुका लागी खजुरामा भान्सा सुधार अभिमुखिकरण गरिएको छ । बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जको आयोजना तथा नागरिक आरोग्य केन्द्र खजुराको समन्वयमा भान्सा सुधार अभिमुखिकरण गरिएको हो । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकको प्रमुख आतिथ्यमा भएको अभिमुखिकरणमा स्वस्थकर जीवन जिउन भान्सा बाटै सुधार आवश्यक रहेको जोड दिइएको थियो ।
अग्रानिक तथा घरमै बनाएको खाना स्वस्थ्य जीवनका लागि अति जरुरी देखिएको अभिमुखिकरणमा बोल्ने बक्ताहरुले बताएका थिए । भान्सामा पकाउने भाडा देखि दैनिक प्रयोग गरिने तरकारी सम्म सुधार गर्न सके स्वस्थ्य जिवनशैली अपनाउन सकिने अभिमुखिकरणको सहजिकरण गरेका बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. अनिल कुमार चौधरीले बताए । डा. चौधरीले भान्सामा प्रयोग हुने सामग्रीमा जसले ध्यान दिन्छ उसको परिवारमा रोग कम लाग्ने र स्वस्थ जिवनशैलीमा प्रवद्र्धन हुने बताएका थिए । डा. चौधरीले आहारमा विशेष ध्यान दिन उपस्थित सहभागिहरुलाई आग्रह गरे ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले हामिले खाने खानामा लापरबाहि गरिरहेकोले यसमा सुधार ल्याउन जरुरी रहेको बताए । जिव्रोले स्वाद खोज्यो भन्दैमा खानेकुरा जस्तोसुकै खानु गलत रहेको जानकारी मिलेको भन्दै यस्तो खानेकुरा नियन्त्रण गर्न आवश्यक रहेको बताए । खजुरा गाउँपालिका
उपाध्यक्ष मल्लले भान्साबाटै खानाको सुधार भए स्वस्थकर जीवनशैली अपनाउन सकिने बताइन । एकैपटक भान्सा सुधार गर्न मुस्किल पर्ने भएकाले विस्तारै यसको बानी पार्न जरुरी रहेको उपाध्यक्ष मल्लले जनाइन । भान्सा सुधार कार्यक्रमले गर्दा खजुराका भान्साहरुमा सुधार आउने अपेक्षा गरिएको छ । यो कार्यक्रमलाई लुम्बिनी प्रदेशमै नमुना कार्यक्रमका रुपमा हेरिएको छ । ३,४,५ र ६ वडाका सदस्य, स्वयमसेवक, गृहणी, आमा समुहका, शिक्षिकालगाएतकाे सहभागिहरु रहेको आयोजक बाँके आयुर्वेद स्वास्थ केन्द्रले जनाएको छ । उक्ति कार्यक्रम खजुरा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष धनिराम वली, वडा नम्बर ४ का वडा अध्यक्ष टेक बहादुर राेकाय, कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष जनकराम भण्डारी, सदस्य अक्षरी पोखरेल, नागरिक आरोग्य सेवा केन्द्र खजुराका प्रमुख किरण खनाल, कार्यपालिका सदस्य कृष्ण पोखरेल लगाएतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार