बाँकेको खजुरा गाउँपालिकामा ३ दिने लैङ्गिक हिंसा निवारणमा पुरुष सहभागिता प्रवर्दनका लागि सशक्तिकरण सहकार्य तालिम आज बाट सुरु भएको छ ।
खजुरा गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा पहिलो खजुरामा लैङ्गिक हिंसा निवारणमा पुरुष सहभागिता प्रवर्दनका लागि सशक्तिकरण सहकार्य तालिम सुरु गरेकाे महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शुसिला न्याैपानेले जानकारी दिनुभयो । उक्त ३दिने तालिममा पहिलो पटक खजुरा गाउँपालिका ८ वडा बाट श्रीमान् श्रीमती, श्रीमातीकाे साथ ४५ जना भन्दा बढी तालिममा सहभागी भएका छ ।उक्त तालिममा लैङ्गिक हिंसा, बाल बिवाह, बहुुविवाह, घरेलु हिंसा, खानपीन सम्बन्धि जानकारी, गर्भपतन, बलात्कार गर्भावस्थामा खुवाइने खानेकुरा, बच्चाहरुलाई खुवाईने पोषणयुक्त खानेकुरा लगायतका बारेमा जानकारी गराइने छ।तालिममा लैङ्गिक हिंसा निवारणमा पुरुष सहभागिता प्रवद्र्घनका लागि सशक्तिकरण सहकार्य विषयक तालिममा खजुरा गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शुसिला न्याैपानेले तालिममा सहजीकरण गर्नुहुने छ । उक्त कार्यक्रमकाे उद्घाटन गर्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बहादुर विकले तीन दिने तालिममा आफ्ना आमूल्य समय दिई सहभागी भएर सिकनु भएका कुराहरु व्यवहार उतार्नु हुन अनुरोध गर्नु भएको थियो।उक्त तालिम खजुरा गाउँपालिका स्थित गाेदाबारीमा बैशाख २८ गते सम्म हुनेछ।
Skip This
खजुरामा पहिलो पटक लैङ्गिक हिंसा निवारणमा पुरुष सहभागिता प्रवर्द्धनका लागि सशक्तिकरण सहकार्य तालिम
भर्खरै
धेरै पढिएको
No posts found.




प्रतिक्रिया दिनुहोस्