२०८२ मंसिर २२, आईतवार ०१:०१ गते
नेपाली समय

स्थानीय परम्परागत, रैथाने खानालाइ प्रवद्वन गर्न खजुरामा खाना महोत्सव भाेलिबाट सुरु

२०८० बैशाख २८ गते, बिहीबार समय: १४:४७ मिनेट

बाँकेको खजुरामा प्रदेश स्तरिय परम्परागत सांस्कृतिक खाना महोत्सव फुड फेस्टीवल खजुरा गाउँपालिकाकाे खजुरा मिनी पार्क एण्ड रिसोर्ट उद्यानमा पहिलो पटक हुन लागेकाे हाे । खजुरा भोली शुक्रबारका देखि फुड फेस्टिबल गरिन लागिएको हो ।
परम्परागत खानाहरुको प्रर्दशनी (फुड फेस्टिबल) मा मौलिक खानाहरुलाई जोड दिइने स्थानीय परम्परागत, रैथाने उत्पादन खानालाइ प्रवद्वन गरि आय आर्जन संग जाेड्ने उदेस्यले आयाेजना गरिएकाे आयोजक माक्सबादी ज्ञान केन्द्रले जनाएको छ । नेपालका मौलिक खाना फेस्टिबलमा खान र अवलोकन गर्न सकिने केन्द्रले जनाएको छ । शुक्रबार दिनको १ बजेबाट फेस्टिबल शुरु हुने आयोजकले जनाएको छ । खजुरा प्रज्ञा प्रतिस्ठान,मनकामना युवा कल्बको समन्वय रहेको फेस्टिबल खजुरामा पहिलो पटक गरिन लागिएको हो ।
खजुराको पर्यटकिय क्षेत्र मिनी पार्क एण्ड रिसोर्ट उद्यानमा हुन लागिरहेको फुड फेस्टिबलमा मौलिक खानाका परिकारमा पनि गुरुङ, मगर, थारु, मदेशी, मुस्लिम लगाएतका समुदायमा बन्ने समावेस गरिने खजुरा प्रज्ञा प्रतिष्ठानका सदस्य मनि अर्यालले जानकारी दिए । फेस्टिबल साझ ६ बजेसम्म संचालन हुने आयोजकले जनाएको छ । फेस्टिबलमा ८ देखि १० वटा स्टल रहने जनाइएको छ ।
भोलि ‘फुड फेस्टिबल’ मा राखिने केहि परिकारहरु यी हुन्

Advertisement 1

१) थारु खाना ढिकरी चटनी अचार माछाका परिकार ।

२) मुस्लिम समुदयको बिर्यानी, कबाफ लगायतका परिकार ।

Advertisement 2

३) स्थानीय रबडी खोवा।

४) नेवारी खाजा सेट ।

Advertisement 3

५) सेल रोटि, मालपुवा ।

६) थकाली खाना ।

७) गुरुङ मगरको रैथाने खाना ।

सम्बन्धित समाचार