पुरन परियार ,खजुरा
सुरक्षित जीवन पूर्नस्थापना केन्द्र खजुरा द्वारा घरेलु हिंसा लागूओैषध दुर्ब्यसनी सम्बन्धि १ दिने अभिमुखीकरण सम्पन्न गरेकाे छ।
बाँकेकाे खजुरा मा रहेका १ देखि ८ वटै वडाहरुमा संचालन गरियकाे उक्त प्रशिक्षण आज वडा नं ६ मा पनि सुरक्षित जीवन पूर्नस्थापना केन्द्र काे आयाेजना, ईलाका प्रहरी कार्यालय धनाैलिकाे समन्वय र खजुरा गाउँपालिकाे आर्थिक सहयाेगमा उक्त अभिमुखिकरण संचालन भएकाे हाे ।
तालिमका प्रशिक्षक सन्तोष सापकोटा का अनुसार बाँके नेपालगन्ज उपमहानगरपालिका काे हालैको सर्वेक्षणमा खुलेर आउनेहरुकाे संख्या ३हजार देखि ४ हजार सम्म महिला र ११ हजार देखि १२ हजार सम्म पूरुष हरु लागुहओैषध मा फसेकाे बतायका छन , तेसै ले गर्दा खजुरामा पनि उक्त कार्यक्रम काे आवश्यकता भएकाले खजुराका प्रत्येक वडाहरुमा संचालन गरिएकाे हाे ।
र लागुओैषधमा लागेका व्याक्तिहरु एक्लोपन मनपराउने र डिप्रसन जान सक्ने भएकाले सामाजिक विकृति पनि बढ्नसक्ने हुन्छ समाजमा बढ्दो जघन्य अपराधहरुमा लागुओैषध कै कारण बाट हुने बताउँछ प्रशिक्षक विपिन पाठक ले जानकारी दियका छन ।
कार्यक्रममा प्रमुख अतिथि वडा सदस्य यमदिप घिमिरेले गरेका हुन भने , वडा नं ६ का टाेल बिकास समिति , क्लब र बिद्यालय हरुबाट सहभागीता रहेकाे थियाे । भने कार्यक्रम काे समापन वडा सदस्य यमुना घर्ती (परियार) ले यस्ता लागूऔषध सम्बन्धि कार्यक्रम हरुले समाजलाई अझ बढी चेतना दिने बताएकी छन ।
२०७८मा स्थापना भई संचालन मा आयकाे उक्त सुरक्षित जीवन पूर्नस्थापना केन्द्र खजुरा ले अहिले सम्म २४४ जनालाई परामर्श र १८० जनालाई परामर्श दिएको छ र ८० जना लाई भने निशुल्क परामर्श दिएकाे अमित घर्ती ले बतायका छन ।
Skip This
सुरक्षित जीवन पूर्नस्थापना केन्द्र खजुरा द्वारा घरेलु हिंसा लागूओेैषध दुर्ब्यसनी सम्बन्धि १ दिने अभिमुखीकरण सम्पन्न ।
भर्खरै
धेरै पढिएको
No posts found.




प्रतिक्रिया दिनुहोस्