२०८२ मंसिर २२, आईतवार १३:१२ गते
नेपाली समय

सुरक्षित जीवन पूर्नस्थापना केन्द्र खजुरा द्वारा घरेलु हिंसा लागूऔषध दुर्ब्यसनी सम्बन्धि १ दिने अभिमुखीकरण सम्पन्न भएकाे छ।

२०८० जेष्ठ १४ गते, आईतवार समय: २२:२० मिनेट

जेष्ठ १४ खजुरा

Advertisement 1

सुरक्षित जीवन पूर्नस्थापना केन्द्र खजुरा द्वारा घरेलु हिंसा लागूऔषध दुर्ब्यसनी सम्बन्धि १ दिने अभिमुखीकरण सम्पन्न गरेकाे हाे।
बाँकेकाे खजुरा मा रहेका १ देखि ८ वटै वडाहरुमा संचालन गरियकाे उक्त प्रशिक्षण आज वडा नं ६ मा पनि सुरक्षित जीवन पूर्नस्थापना केन्द्र काे आयाेजना, ईलाका प्रहरी कार्यालय धनाैलिकाे समन्वय र खजुरा गाउँपालिकाे आर्थिक सहयाेगमा उक्त अभिमुखिकरण संचालन भएकाे हाे ।
तालिमका प्रशिक्षक सन्तोष सापकोटा का अनुसार बाँके नेपालगन्ज उपमहानगरपालिका काे हालैको सर्वेक्षणमा खुलेर आउनेहरुकाे संख्या ३हजार देखि ४ हजार सम्म महिला र ११ हजार देखि १२ हजार सम्म पूरुष हरु लागूऔषध मा फसेकाे बतायका छन , तेसै ले गर्दा खजुरामा पनि उक्त कार्यक्रम काे आवश्यकता भएकाले खजुराका प्रत्येक वडाहरुमा संचालन गरिएकाे हाे ।
र लागूऔषध लागेका व्याक्तिहरु एक्लोपन मनपराउने र डिप्रसन जान सक्ने भएकाले सामाजिक विकृति पनि बढ्नसक्ने हुन्छ समाजमा बढ्दो जघन्य अपराधहरुमा लागूऔषध कै कारण बाट हुने बताउँछ प्रशिक्षक विपिन पाठक ले जानकारी दियका छन ।
कार्यक्रममा प्रमुख अतिथि वडा सदस्य यमदिप घिमिरेले गरेका हुन भने , वडा नं ६ का टाेल बिकास समिति , क्लब र बिद्यालय हरुबाट सहभागीता रहेकाे थियाे । भने कार्यक्रम काे समापन गर्दै वडा सदस्य यमुना घर्ती (परियार) ले समाजमा यस्ता कार्यक्रमहरुले अझै थप उर्जा दिने भएकाले बिशेश गरि यूवा तथा बालबालिकाहरु लाई लक्ष्यित गर्दै कार्यक्रम गर्नु राम्रो पक्ष भएको भन्दै आफ्नाे भनाई राखेकी थिन ।
२०७८मा स्थापना भई संचालन मा आयकाे उक्त सुरक्षित जीवन पूर्नस्थापना केन्द्र खजुरा ले अहिले सम्म २४४ जनालाई परामर्श र १८० जनालाई परामर्श दिएको छ र ८० जना लाई भने निशुल्क परामर्श दिएकाे अमित घर्ती ले बतायका छन ।

सम्बन्धित समाचार