१७ जेष्ठ खजुरा
Advertisement 1
बाँकेकाे खजुरा मा रहेका १ देखि ८ वटै वडाहरुमा संचालन गरियकाे उक्त प्रशिक्षणमा सुरक्षित जीवन पूर्नस्थापना केन्द्र काे आयाेजना, ईलाका प्रहरी कार्यालय धनाैलिकाे समन्वय र खजुरा गाउँपालिकाे आर्थिक सहयाेगमा उक्त अभिमुखिकरण काे एक कार्यक्रमका बिच बुधबार सम्पन्न गरेकाे हाे ।
तालिमका प्रशिक्षक सन्तोष सापकोटा का अनुसार बाँके नेपालगन्ज उपमहानगरपालिका काे हालैको सर्वेक्षणमा खुलेर आउनेहरुकाे संख्या ३हजार देखि ४ हजार सम्म महिला र ११ हजार देखि १२ हजार सम्म पूरुष हरु लागूऔषध मा फसेकाे बतायका छन , तेसै ले गर्दा खजुरामा पनि उक्त कार्यक्रम काे आवश्यकता भएकाले खजुराका प्रत्येक वडाहरुमा संचालन गरिएकाे हाे ।
Advertisement 2
र लागुओैषधमा लागेका व्याक्तिहरु एक्लोपन मनपराउने र डिप्रसन जान सक्ने भएकाले सामाजिक विकृति पनि बढ्नसक्ने हुन्छ समाजमा बढ्दो जघन्य अपराधहरुमा लागुओैषध कै कारण बाट हुने बताउँछ प्रशिक्षक विपिन पाठक ले जानकारी दियका छन ।
कार्यक्रममा प्रमुख अतिथि खजुरा गाउँपालिका प्रशासकीय प्रमुख अर्जुन सुवेदी काे रहेको थियोे , सुवेदी का अनुसार लागूऔषध मा जाे काेहि परेको भए पनि उनिहरुलाई समाज,प्रहरी प्रशासन,स्थानीय हरुकाे सहयोग भएमा उनिहरु लाई काउन्सिलिङ गरि सुधार गर्न सकिने बताएका छन ।
Advertisement 3
लागूऔषध मा परेका हरु लाई प्रहरी प्रशासन र स्थानीय सरकारले चासो नदिएकाे भन्दै तालिममा सहभागी एक युवा गणेश बाेहाेराले गुनासो समेत राखेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेश (Recovering Nepal) का अध्यक्ष ईन्दीरा जी.सी ,नेपालगन्ज लागूऔषध व्यूराेका वरिष्ठ हवल्दार जालीलाल परियार ,ईलाका प्रहरी कार्यलय धनाैली का ईन्चार्ज सन्दीप वेलवासे, वडा न ७ का अध्यक्ष लगायत टाेल बिकाश संस्था यूवा तथा बाल क्लबहरु काे सहभागीता रहेकाे थियोे ।

२०७८मा स्थापना भई संचालन मा आयकाे उक्त सुरक्षित जीवन पूर्नस्थापना केन्द्र खजुरा ले अहिले सम्म २४४ जनालाई परामर्श र १८० जनालाई परामर्श दिएको छ र ४५ जना लाई भने निशुल्क परामर्श दिएकाे सुरक्षित जीवन पूर्नस्थापना केन्द्र खजुरा शाखाका संचालक बिक्रम ठकुरीले बताएका छन ।







प्रतिक्रिया दिनुहोस्