२३ जेष्ठ, खजुरा
Advertisement 1
बैदेशिक रोजगारीमा जानेहरुका लागि अजदेखि प्रदेश राजधानी वा संघीय राजधानी जान नपर्ने भएको छ । सरकारले स्थानीय पालिकालाई श्रम स्वीकृतिको अधिकार दिएसँगै बाँकेको खजुरा गाउँपालिकाले वैदेशिक रोजगारमा जानेका लागी श्रम स्वीकृत दिन सुरु गरेको छ । श्रम स्वीकति सुरुगरेसँगै बांकेमा खजुरा गाँउपालिका श्रम स्वीकृति दिने पहिलो पालिका बनेको छ ।
पालिकाका सोमबारदेखि श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिन सुरु गरेको हो । वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले गाउँपालिकाको रोजगार शाखाबाट श्रम स्वीकृति लिन सक्ने गाउँपालिकाले जनाएको छ ।
Advertisement 2

गाउँपालिकाका ८ युवाले पालिकाबाट पहिलो दिनमै श्रम स्वीकृति लिएका छन् । खजुरा गाउँपालिका वडा नम्बर २ का प्रदिप बुढा क्षेत्री,वडा नम्बर २ का दामोदर महतरा,वडा नम्बर ५ का राजेश गुरुङ, वडा नम्बर ३ का खिम बहादुर वली, वडा नम्बर २ का टिकाराम सिंह ठकुरी, बिजय गिरीले श्रमस्वीकृति लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए ।

सुबेदीका अनुसार गाउँपालिकाको रोजगार शाखामा आवेदन गरी श्रम स्वीकृत तथा पुनः श्रम स्वीकृत लिन सकिने बताए । ‘विगतमा श्रम स्वीकृत लिन काठमाडौं पुग्नुपर्ने बाध्यता थियो । तैपनि, समयमा काम नहुने, खर्च बढी हुनेलगायतका थुप्रै समस्याबीच वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता थियो,’ उनले भने ‘जब सरकारले श्रमस्वीकृत स्थानीय तहबाट समेत प्रदान गर्न सकिने प्रावधान ल्यायो, त्यसैबेला देखि हाम्रो पालिकाले समेत काम अघि बढाएको हो ।’





प्रतिक्रिया दिनुहोस्