२८ जेष्ठ खजुरा, पुरन परियार
Advertisement 1
बाँकेको खजुरा गाउँपालिका वडा नं ६ मा रहेकाे शान्तिनगर मा हालै जनश्रमदान र दाताहरु लगाएत खजुरा गाउँपालिका को आर्थिक सहयोगमा निर्माण कार्य हुन लागेकाे मन्दिरका लागि यूवाहरु जनश्रमदान मा जुटेका छन ।
जुनसुकै कार्यका लागि पनि अग्रसर हुने खजुरा ६ का युवाहरु सामाजिक बिकास निर्माणका कार्यहरुमा पनि उत्तिकै अग्रता रहेको देखिन्छ, आईतबार उनिहरु एका बिहानै आफ्नाे कामलाई थाती राखेर भए पनि श्रमदानमा जुटेका हुन । २०७६ मंसिर २४ गते बाट थालनी गरिएकाे उक्त मन्दिर निर्माण कार्य बिबिध कारणले सम्पन्न हुन नसकेपनि, २०८९/८० काे बजेटबाट स्थानीय सरकारले रु १ लाख र स्थानीय लालिगुराँस देउसी भैलाे टिमका युवाहरुले संकलन भएकाे रकम बाटै रु १ लाख १ हजार रुपैया मन्दिर निर्माणका लागि छुट्टयाइएकाे क्लबका युवाहरूले बताएका छन । तेसै गरि विभिन्न दातृनिकाय बिकास प्रेमि दाताहरुकाे जेन्सि र नगद सहयोग मा उक्त मन्दिर निर्माण गर्न लागिएको निर्माण समितिका अध्यक्ष कबिलाल बि.क ले बताएका छन,
हिन्दु शास्त्रअनुसार चार्डपर्वमा पुजा-पाठ गर्नकै लागि टाढा टाढा पुग्नुपर्ने समस्या भएपछि त्यहाँका अग्रज बुद्धिजीवी समाजसेवी धर्मावलम्बीहरु मिलेर आफ्नाे धर्म संस्कृति जाेगाई राख्नकै लागि धार्मिक स्थलकाे निर्माण गर्नलागिएकाे उनले बताए । बिगत लामाे समयदेखि नेपालका विभिन्न जिल्ला बाट बसाइँसराइ गरि आएकाे उक्त सुकुम्बासी बस्तीमा भिन्नाभिन्नै जातजाति, धर्म संस्कृति भाषा भेष-भुसाका मानिसहरूकाे बसाेबास रहेकाे छ । रहेक बिकास निर्माण सेवा सुबिधाहरु बाट पछि परेकाे ठाउँ भएता पनि वर्तमान समयमा भने बिकास निमार्णका कार्यहरु संचालन हुन लागेका छन , राजनीतिक चपेटामा परी संधै पछि परेकाे उक्त ठाउँमा नयाँ जनशक्तिले केही गर्छकि भन्ने आस त्यहाँका स्थानीय समुदायले राखेका छन ।

८०% दलित समुदायको बसाेबाँस रहेको खजुरा ६ मा धेरै जसाे मानिसहरुका आयस्राेत काे माध्यम भने बैदेशिक राेजगारी र भारत नै पहिलाे गन्तव्य रहेको छ, पुरुष मात्र नभई अधिकांश महिलाहरु पनि बैदेशिक राेजगारिमा जाने गरेकाे बताउछन् वडा न ६ का वडा अध्यक्ष फारुक शेष, विगत २३/२४ बर्ष देखि अस्थायी बसाेबाँस गर्दै आएका स्थानीय बासिन्दा हरुकाे बसाेबाँस लाई स्थायित्व दिने भन्दै चुनावि समयमा विभिन्न प्रलोभन देखाउने तर सत्तामा पुगिसके पछि चटक्कै बिर्सने परिपाटी विगत देखि चल्दै आएको छ, राजनीति चलखेकै कारण त्यहाँका बासिन्दाहरु पछी परेकाहुन उनी बताउँछन् , आगामी आर्थिक बर्षमा पनि उक्त मन्दिर का लागि स्थानीय सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन । मन्दिर निर्माण हुदा स्थानीय निकै हर्षिद भएकाछन जनश्रमदानमा स्थानीय युवा समाजसेवी तथा जनप्रतिनिधि,हरुकाे समेत सहभागीता रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्