२०८२ मंसिर २२, आईतवार ००:१० गते
नेपाली समय

सुर्तीजन्य पदार्थ काे सेवन तथा मध्यपानकाे न्यूनीकरण सम्बन्धि अन्तक्रिर्या कार्यक्रम सम्पन्न ।

२०८० असार ५ गते, मंगलवार समय: २२:३६ मिनेट

५ असार खजुरा पुरन परियार

Advertisement 1

खजुरा गाउँपालिका मा सुर्तीजन्य पदार्थ सेवन तथा मध्यपानकाे न्यूनीकरण सम्बन्धि१ दिने अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएकाे हाे ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ निर्देशनालय द्वारा संचालित उक्त कार्यक्रम खजुरा गाउँपालिका काे समुन्वय रहेकाे थियाे ।

Advertisement 2

नेपालमा मात्रै नभएर बिश्वब्यापी रुपमा धुम्रपान, मध्यपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्नेहरुकाे निकै ठुलाे विकराल रुप लिएकाे पाईन्छ, प्रत्येक वर्ष नेपालमा मात्रै १७.१% धुम्रपान १८.३% सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुकाे तथ्यांक सार्वजनिक भएकाे लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य प्रमुख भरत बहादुर कुँवर  ले बताएका छन , उनका अनुसार ८० लाख मानिसहरु प्रत्येक बर्ष मृत्युु समेत हुने गरेका छन,नेपालमा मात्र मृत्युु हुनेहरुकाे गुणात्मक  संख्या भने वृद्धि भईरहेकाे भएता पनि १२ लाख मानिसहरु भने धुम्रपान नगरेता पनि अरुले गरकाे धुम्रपानका कारण मृत्यु हुने गरेका छन,७ हजार रासायनिक तत्वहरु बाट बनाईने उक्त धुम्रपानका तत्वहरु मध्य २५० रासायनिक भने  निकै हानिकारक र ज्यानै लिने समेतका रहन्छन् ,भने ६९ वटा रासायनिक तत्वहरुले क्यान्सर जस्ता घातक राेगहरु निम्त्याएकाे हन्छ । यसै कारण नेपालकाे अर्थतन्त्रमा समेत ठुलाे असर पारेकाे छ सरकारलाई प्रत्येक बर्ष करिब ४६ अरब रुपैया काे बजेट विभिन्न क्यान्सर राेगका लागि स्थापना गरिने अस्पताल तथा क्यान्सर राेगिका लागि मात्र छुट्टयाइएनु पर्ने समेत समस्या निम्त्याएको कुँवर ले बताएका हुन ।

कार्यक्रम समापन मा बाल्दै पालिका प्रमुख डम्बरबहादुर बि.क (तुफान) ले भने याे बिषय निकै सम्वेदनशिल भएका ले सम्पूर्ण वडामा विभिन्न जनचेतनामूलक कार्यक्रम गरि जनचेतना फैलाउन सराेकारवाला सबैलाई आग्रह गरेका हुन ।

Advertisement 3

कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख डम्बरबहादुर बि.क, उप-प्रमुख मन्जु मल्ल स्वास्थ्य शाखा प्रमुख दिपक ढकाल वडा अध्यक्ष लगायत सराेकारवाला हरुकाे सहभागी रहेकाे थियाे ।

सम्बन्धित समाचार