२०८२ कार्तिक २७, बुधबार १६:१८ गते
नेपाली समय

नयाँ गठबन्धन, पुरानै बाटोमा – नरेन्द्रजंग पिटर

२०८१ श्रावण २३ गते, बुधबार समय: २२:५० मिनेट

नरेन्द्रजंग पिटर
आग्रहले गर्दा हामीलाई  बिर्सने रोगले सताएको हुन्छ । नयाँ गठबन्धन बन्दै गर्दा  हिजो विर्सन वाध्य हुईन्छ । विद्रोही माओवादी र सात दलबीच २०६२ मंसिर ७ गते भएको १२ बुँदे सहमतिको बुँदा नम्बर ७ मा भनिएको थियो –सात राजनीतिक दलहरूले विगतमा संसद् र सरकारमा छँदा भएका गल्ती कमजोरीप्रति आत्मसमीक्षा गर्दै अब त्यस्ता गल्ती कमजोरी नदोहो¥याउने प्रतिबद्धता व्यक्त गर्दछौँ ’ । तर विचार फेर्न त सजिलो छ तर स्वभाव फेर्न भने औधी सकस पर्छ । नेपाली राजनीतिले इतिहासबाट सिकेन । बढेको र बढाइएको महत्त्वाकांक्षा व्यवस्थापन हुन नसक्दा नयाँ शक्तिहरु सदनमा देखा परे । त्यो अभिजात वर्गलाई पाच्य हुँन सकेन  । संविधानको स्पिरिट र परिकल्पनाको समानुपातिक प्रणालीले शक्ति सन्तुलन खजबजियो   । संविधानले नयाँ परिकल्पना त ग¥यो तर त्यस अनुसार पार्टीले निर्णयमा झेली गरेको कुरा समानुपातिक चयन वा राष्ट्रियसभामा कुरुपता प्रस्ट देखिए  । अभिजात वर्ग पाखण्ड लुकाउन औधी सिपालु देखियो । क्रान्ति, परिवर्तन, मुक्ति, राष्ट्रप्रेम र न्यायका चर्का नाराभित्र परिवारवाद, नातावाद, विदेशीको दलाली र भ्रष्टाचारलाई सजिलै लुकाउन सके ।
विकृतिका विरुद्ध जनयुद्ध र जनआन्दोलनले नयाँ अवस्था मात्रै ल्याएन, सत्ता चरित्र नै फेरिदियो । तर, राजनीतिक संस्कृति भने फेर्न सकेन । सामान्यजन (दलित, महिला, थारू, जनजाति र मधेस) आत्मबल बढे पनि परिवर्तनसँगै अभिजात वर्गको सिन्डिकेट  सक्रिय  भयो । महत्वाकांक्षाको सकारात्मक व्यवस्थापन हुन नसक्दा बाइप्रोडक्टहरू देखिन्छ नै । शिमान्तकृत समाजका सामन्त र अभिजात पनि शासकवर्गिय  अभिजातवर्गसंगको मितेरीले संविधानको स्पृटमा धक्का पुग्यो ।

Advertisement 1

प्रधानमन्त्रीको टुइट

Advertisement 2


गठबन्धन बन्नु भत्कनु र नयाँ गठबन्धन बन्नु शक्तिखेललमा सामान्य विषय हो  । तर नयाँगठबन्धनको आधार बेचन झाले चैन ध्वस्त गरेपछि र गिरीबन्धु टि स्टेट प्रकरण सतहमा निक्लेपछि या त त्यसका अभियुक्त, कानुनको कटघरामा पुग्नु हुन्थ्यो या पुरानो गठबन्धन टुटनु पथ्र्यो  । अझ उध्योगहरुले अर्बौ रुपिया बिजुली महसुल नतिरेको लाइन कटाईले राजनीति, भ्रष्ट र करपोृरेट गठबन्धन नै नयाँ सरकारका आधार बने ।
भनिन्छ, चतुर बिक्रेताले अरूको गरिबी बेचेर आफू धनी बन्ने उपाय जानेको हुन्छ ।’ हेपिएका, थिचिएका, सीमान्तकृतभन्दा धेरैजसो नातागोता, मालवाला र सो क्लस्टरका चतुर अभिजात परे । चुनाव महँगो मात्रै भएन, नेतृत्व निकट र पैसावालकै हालीमुहाली भयो । इच्छाशक्ति र नैतिक पुँजी भए पनि त्यस्ताहरूको राजनीतिमा ठाउँ रहेन । झोलेको दबदबा बढ्यो । बिगतको  मूल्यांकन गर्ने हो भने पनि सरकार र संसद्, अदालत, सार्वजनिक संस्थानप्रति जनविश्वास टुट्दै गयो । राष्ट्रपतिले हालै माफी दिएका मन्त्री बन्नु र गण्डकी प्रदेशका मन्त्री दीपक मनागेँले समेत अर्धनग्नतामा मन्त्री कार्यकक्षमा बसेर राजनीतिलाई नग्न यर्थातको क्रुर सन्देश दिए ।
नीति र कार्यक्रममा, घोषणापत्र, चुनाव र समानुपातिक सदस्य र राष्ट्रियसभाका सदस्य छान्दा संविधानको मूल भावनाविपरीत सबै पार्टी र शक्ति उस्तैउस्तै देखिए । स्वार्थको अचानोमा परेपछि धेरै कडा सिद्धान्त र आदर्श पनि तोडिँदारहेछन् ।   जसको आधार नै असमानता छ, उनै समानताका समाजवादी कुरा गर्दैछन् । तर, त्यो पत्याइने जनमतमा हामी पनि आ–आफ्ना हिस्साको दण्ड भागी पनि हौँ ।
मानिसहरूले आफ्नो इतिहास स्वयम् निर्माण गर्दछन्, तर आफूले रोजेजस्तो भने इतिहास बन्दैन ।  प्रतिकुलतालाई अनुकुलतामा फेरेर इतिहासको निर्माण गर्न  अतीतबाट प्राप्त शिक्षालाई प्रयोग नगरे सफलताहरु नाटकिय दुस्वव्नमा फेरिन सक्छ  । जोसँग गौरवशाली पृष्ठभूमि हुँदैन, ती इतिहासदेखि आतंकित हुन्छन् र वर्तमानको मात्रै कुरा बखानिएर षडयन्त्रका सिद्दान्तमा भर पर्छन । जोसँग इतिहास त हुन्छ तर वर्तमानको हिस्सेदार बन्न इतिहासका सुन्दर उपहार र मर्म पालना गर्न नपरेकाले पुराना आदर्शका गफ छाँटेर वर्तमानको इन्स्योरेन्स गर्छन् । इतिहास  अरुले गरेका गल्तीबाट वर्तमानमा सिक्ने शास्त्र हो । इतिहासबाट जसले सिक्दैन, त्यसलाई इतिहासले नै दण्ड दिन्छ ।
इतिहास आजको नजरियाले हेर्न, बुझ्न र सिक्न सकिँदैन । शासकहरू हितअनुसार इतिहास व्यवस्थापन गर्न चाहन्छन् तर इतिहासको आफ्नै गति र लय हुन्छ । दृष्टिअनुसारका दृश्य देखिन्छन् । पात्रका चस्माअनुसार विषय (सब्जेक्ट) छानिन्छ । इतिहास र आख्यानमा फरक भनेको आख्यान कल्पना हो  । अब नाङ्गो सत्य भने सरकार र सदनमा फेरि २०५२ पछिका घटनाक्रम दोहोरिँदैछन् ।  राजनीतिक बीभत्सता फेरि दोहिरिन सुरु भयो । सांसदको खरिदबिक्री, दलहरूमा टुटफुट, प्राडो संस्कृति, समिट होटल र सुरा सुन्दरी प्रसङ्ग, बैंकक यात्रा, अत्यन्तै सानु शक्तिको नेतृत्वको सरकारका कथा दोहोरिने भए । त्यसको नेतृत्व हिजो पनि प्रधानमन्त्री शेरबहादुर देउवाले गरे । अब पनि प्रधानमन्त्री केपी ओली भए पनि  गठबन्धनका स्टेरिग देउवाकै हातमा छ । पार्टी वा सत्तामा  कहिल्यै पनि शक्ति  साझेदारी गर्न नरुचाउने प्रधानमन्त्री ओलीले गठबन्धनको निरन्तरता भन्दा नयाँ मौका खोज्ने काम हुँदैछ । अन्य पार्टीमा तोडफोड हुँनेछ । अभिजातवर्गको हातबाट सिमान्तकृत वर्गले पाएका संवैधानिक अधिकार क्रमश   सिमित पारिने     छ । लोकसेवाका आरक्षण कोटालाई अंकुश लाग्नेछन ।  अभिजात बर्ग परिचयलाई सुचाउँदैनथ्यो । शक्तिसंचय गरिरहेको तप्का नेतृत्व खोजिरहेको थियो । उसकालागी संकिर्ण राष्ट्रवाद (बहुशंख्यक मनोविज्ञान) र अन्धधार्मिकतप्का साहारा बन्थे । अहिले विश्व राजनीतिमा उग्रदक्षिणपन्थ हावी भएका वेला नयाँ गठबन्धनलाई बरदान बन्न पुग्दैछ ।
अब नाङ्गो सत्य भने सरकार र सदनमा फेरि २०५२ पछिका घटनाक्रम दोहोरिँदै जानेछन् । माओवादी पनि सहभागी भयो । राजनीतिक बीभत्सता फेरि दोहिरिन सुरु भयो । सांसदको खरिदबिक्री, दलहरूमा टुटफुट, प्राडो संस्कृति, समिट होटल र सुरा सुन्दरी प्रसङ्ग, बैंकक यात्रा, अत्यन्तै सानु शक्तिको नेतृत्वको सरकारका कथा दोहोरिने भए । त्यसको नेतृत्व हिजो पनि प्रधानमन्त्री शेरबहादुर देउवाले गरे, अब पनि गठबन्धनका नाममा गर्न खोज्दैछन् ।
संसद् तथा निर्वाचन प्रक्रियामा उपलब्ध सम्भावनालाई दोहन गर्न यसले जनआन्दोलनलाई उपयोग गरेर फाइदा उठायो, वामपन्थी पंक्तिभित्र आन्दोलनकारी वेग एक हदसम्म त कायम रह्यो र विचारधारात्मक मुद्दामा पनि सरोकार त कायम रह्यो तर यी पार्टीमा सामाजिक रूपले उत्पीडित मानिसको प्रतिनिधित्व हुन सक्ने फराकिलो राजनीतिक व्यवहारको दायरा भने बन्नै सकेन । तिनको सांगठनिक संरचनामा कहिल्यै कुनै जीवन्त  लोकतान्त्रिक प्रक्रिया समावेश हुनै सकेन । लामो समयदेखि र आजसम्म नै यस आन्दोलनको नेतृत्वमा उच्च जातिको वर्चस्व कायम छ, शैलीमा मात्र होइन, बौद्धिक पकडमा पनि यसको नेतृत्व ब्राम्हणवादी रहिआएको छ । हो, मैले पनि वर्षात्मै घर आगो लाग्या देख्या’छु ।
अभिजात तप्काबाट आएका “वामपन्थी” वा “प्रजातन्त्रवादी” दुबै तप्कामा राजनीतिक संस्कृति भने सामन्तवाद नै रह्यो । आन्तरिक जनवाद रहेन र आदेशले संगठन हाकिनुपर्छ भने केन्द्रिकृत मानसिकता रह्यो । अवचेतन मस्तिष्कको हार्ड ड्राइभमा रहेको अतृप्त इच्छाको प्रतिबिम्ब नै सपना हो । वाम आन्दोलनमा लोकप्रिय नारा रहे पनि पार्टीमा अभिजात वर्गकै हालीमुहाली भयो । क्रान्तिले उत्पादित नेतृत्व आन्दोलनको दबाबमा कस्मेटिक लोकपृय चरित्र देखाए पनि वर्गचिन्तन भने फेरिएको रहेनछ । वर्ग सिफ्ट भएको नभई आवरणमा फेरिएको अवचेतन मस्तिष्कमा मौलिक सामन्ती सांस्कृतिक रूपमै देखा परे ।
सेनापतिसँग साहस र साधन मात्रै भएर हुँदैन, समय र युद्ध मैदान चयन, उचित व्यवस्थापन आवश्यक गरियो कि गरिएन ? सबै प्रतिकूलतासँग लड्न र जित्नका लागि जमिनमा दह्रोसँग खुट्टाले टेक्नुपर्छ भन्ने हुन्छ । योग्य सेनापति युद्धपछि गम्भीर समीक्षा गर्ने गर्छन् । अहंकारी कमान्डर भने श्रेयजति सबै आफ्नो अंशमा, दोष जति अरुलाई लगाउने गर्छन् । सबैसँग चित्त बुझाउने तर्क हुन्छ, मन बहलाउने शीर्षक हुन्छ । आखिर चुनाव हो, हार्नु र जित्नुमा कारण त हुन्छ नै । आफैँलाई क्रमभंग गरेर निकास खोज्दैन भने इतिहासका पानामा दरिएका ऐतिहासिक पार्टीझैँ पुग्ने दिन कुरिरहेको हुन्छ ।
पुरानै तरिकाले नयाँ चुनौतीको सामना गर्न सकिँदैन । नेतृत्व नयाँ बन्न नसके उसको मात्रै समस्या नभई देशकै समस्या बन्न पुग्छ । स्वार्थी घेरा र स्वआतंकबाट कति मुक्त हुन सकिन्छ, पुराना बीभत्स इतिहास दोहोरिने÷नदोहोरिने पनि त्यसैमा भर पर्छ । पार्टीलाई सुधार्न विधि र नीतिमा चलेको सङ्गठनले मात्रै सक्छ ।
सरकार फेरिन्छन तर सत्ताको निरन्तरता भने रहिरहन्छ । पहिलाका सरकार गरेरका राष्ट्रिय र अन्तराष्ट्रिय कबुल, निर्णय नयाँ सरकारले पालना गर्न वाध्य हुन्छ । नयाँ गठबन्धन बन्ने अ‍ैचित्यपूर्ण आधार प्रस्तुत हुँन अझै सकेको छैन । चुनावमा संविधान संसोधनको कुनै चर्चा थिएन । गर्न नसकिने, हुँनै नसक्ने कुरा बहसमा किन उरालिँदैछ ?
१) के  भूटानी शरर्णाथी प्रकरणको अभियुक्तहरु नययिक कठघरामा पुग्लान ?
२) गिरी बन्धु टि स्टेटको हदबन्दी माथीको जग्गा राष्ट्रको नाममा फर्केला ?
३) बासवारी छालाजुत्ता कारखानाको जग्गा राष्ट्रको नाममा स्वामित्वमा फर्केला ?
४) खर्वौको विद्युत रकम प्राधिकरणले असुली गर्न सक्ला ?
५) हिम्मतिला अनुशन्धान गर्ने अनुसन्धताको मनोबल कसरी उकास्ने ? के सो जनशक्तिलाई दण्ड दिने नयाँ गठबन्धनले स्थायी सरकार कर्मचारीतन्त्रको मनोबल कसरी सुरक्षिात होला ?
६) षडयन्त्रनै राजनीतिको कला र चातुर्य सोच्ने प्रधानमन्त्री केपी शर्माले कांग्रेसलाई शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्लान ?
७) उपरोक्त विषयमा ध्यान विषयान्तर गर्न नयाँ विमर्श आवस्यक भएकोले जनमतलाई आवेग भर्न माओवादी विरुद्द उग्र घृणा र प्रतिकृया स्रिजना आवस्यक हुन्छ  । मिडिया, करपोरेट, पार्टी, अन्धराष्ट्रवादी तप्का, अन्धधार्मिक तप्का र सबैखाले अभिजात चिन्तनको अघोषित एउटा नयाँ सिण्डिकेट तयार हुनेछ । त्यो आँउदादिनमा सक्रिय देखा पर्ने छन  ।
चतुर मान्छेहरू घटनाबाट सिक्छन्, होसियार इतिहासबाट । तर धेरै आशा, विश्वास लिएर सयुक्त जनआन्दोलन पछि आएको नयाँ गठबन्धनले भने अरुले गरेका गल्तीबाट पाठ सिकेन । २ वर्ष पहिलाको श्रीलङ्काको महेन्द्र राजापाक्षे र यसैहप्ता देश छोडनु परेको बङ्गलादेशकी शेख हसिना प्रसंग शिक्षा बन्न सक्थ्यो । दुबै प्रजातान्त्रिक निर्वाचन प्रणालीबाट सत्तामा पुगेका तानाशाह हुन । राजापाक्षे तमिल विद्रोह दबाएर एकपटक राष्ट्रिय नायक बनेका थिए भने शेख हसिनाले सार्क क्षेत्रमै अर्थतन्त्रलाई उचाइमा पुयाएकी थिइन । भ्रष्टहरू लोकप्रिय नारालाई उछालेर सत्तामा पुगेपछि निरङ्कुशता लादछन । उनीहरु तानाशाह बनेपनि अत्यन्तै डरपोक हुन्छन । सकिन्जेल डर देखाएर भ्रष्ट शासन चलाउछन्, नसकेपछि देश छोडेर भाग्छन् । जनताको सामने टिक्न भने सक्दैनन् ।
(समय फेरियो,सत्ता फेरियो तर प्रधानमन्त्रीको सोच भने फेरिएन ।)

सम्बन्धित समाचार