२०८२ मंसिर २३, सोमबार ०१:०१ गते
नेपाली समय

सेवा प्रवाहमा नागरिक आरोग्य सेवा केन्द्र खजुरा बाँके जिल्लाकै पहिलो बन्यो

२०८१ भाद्र १ गते, शनिबार समय: १९:२२ मिनेट

बाँके जिल्लाका विभिन्न स्थानीय तहमा रहेका आयुर्वेद स्वास्थ्य सस्था हरुको आ.व. २०८०/०८१ को  वार्षिक  प्रगति समिक्षा कार्यक्रममा कार्य प्रगति सेवा मुल्यांकनको आधारमा खजुरा गाउँपालिका अन्तर्गत रहेको नागरिक आरोग्य सेबा केन्द्र ( आयुर्वेद शाखा) खजुरा प्रथम भएको छ ।

Advertisement 1

बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्ज कार्यालयको आयोजनामा  आयुर्वेद  स्वास्थ्य कार्यालयहरुको जिल्लास्तरीय वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको  थियो  ।

जिल्लामा रहेका  विभिन्न स्थानीय तहका  स्वास्थ्य  आयुर्वेद  शाखाले आर्थिक वर्ष २०८०/०८१मा गरेका स्वास्थ्य सेवा तथा सेवा प्रवाहका विषयमा समीक्षा गरिएको छ ।

Advertisement 2

 

बाँके ८ वटा पालिकामध्ये सरकारले तोकेको सूचकहरुमा उत्कृष्ट कार्यसम्पादन गर्दै स्वास्थ्य सेवा प्रवाह गरेको मध्येमा खजुरा गाउँपालिका प्रथम भएकाे हाे ।

Advertisement 3

 

 

सम्बन्धित समाचार