२०८२ मंसिर २२, आईतवार ०१:०८ गते
नेपाली समय

गाडी दुर्घटनामा घाइते सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीकाे मृत्यु

२०८१ भाद्र ४ गते, मंगलवार समय: ११:२३ मिनेट

नेपालगन्ज । गाडी दुर्घटनामा घाइते भएका हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति)को मृत्यु भएको छ । उनको उपचारका क्रममा नेपालगन्जनर्सिङ मेडिकल अस्पताल   मृत्यु भएको छ।

Advertisement 1

कार्की सोमबार दिउँसो सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी दुर्घटनामा घाइते भएका थिए । भेरीगंगा नगरपालिका–५, मा दुर्घटना भएको उक्त गाडीमा सवार २१ जना घाइते भएका थिए ।

घाइते सबैलाई नेपालगन्ज  लगिएको थियो । उपचारका क्रममा राती दुई बजेतिर ३९ वर्षीय कार्कीको निधन भएको प्रहरीले जनाएको छ ।

Advertisement 2

उनी कर्णाली प्रदेश सभा सदस्य जुम्कित लामा कार्कीका श्रीमान् हुन् । कार्की नेकपा माओवादी केन्द्रको प्रदेश समिति सचिवालय सदस्य हुन्

 

सम्बन्धित समाचार