२०८२ माघ ८, बुधबार ०३:०० गते
नेपाली समय

आइतबारदेखि बेपत्ता खजुरा ६ की नाबालिकाको शव जनावरले खाएको अवस्थामा भेटियो

२०८१ आश्विन १ गते, मंगलवार समय: १९:२९ मिनेट

खजुरा।आइतबार रातीदेखि बेपत्ता भएकी खजुरा गाउँपालिका  ६ सिमलघारीका वीरेन्द्र पुनकी अन्दाजी ढाई वर्षीया छोरी लक्ष्मी पुनको शव बिहान घर नजिकै रहेको जङ्गलमा आज फेला परेको छ ।

बेपत्ता नाबालिकाको घर नजिकैको जङ्गलबाट मंगलबार बिहान ११ बजे शव फेला परेको हाे ।

Advertisement 1

बालिकाको घरदेखि करिब १ किलोमिटर पश्चिमतर्फको जङ्गलमा बालिकाको टाउको र एउटा खुट्टा फेला परेको
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक (तुफान )  ले जानकारी दिनुभयो  । जङ्गली जनावरले खाएर बाँकी रहेको अवस्थामा टाउको र एउटा खुट्टा फेला परेको उनले बताउनुभयो  ।


उनका अनुसार बालिका पुनलाई बाघ वा चितुवाले खाएको अनुमान गरिएको छ ।
सोमबार देखि  बेपत्ता बालिकाको खोजिमा  खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक(तुफान),उपाध्यक्ष मन्जु मल्ल ,सशस्त्र प्रहरी, प्रहरीको तालिम प्राप्त कुुकुर सहित नेपाल प्रहरी, बनका कर्मचारी र स्थानीयबासी खटिएका थिए भने आज बिहान पनि   गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक(तुफान),उपाध्यक्ष मन्जु मल्ल  बनका कर्मचारी, नेपाल प्रहरी र स्थानीयले खोजतलास गर्ने क्रममा बालिकाको शव फेला परेको हो ।

Advertisement 2

मृतक बालिका आइतबार राती करिब ८ बजेको समयमा आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा एकाएक बेपत्ता भएकी थिइन् । उनलाई बाघले लगेको हुन सक्ने आशङ्का गरिएको थियो ।

सम्बन्धित समाचार