बाँकेको खजुरा गाउँपालिकामा लागु औषध दुव्र्यसनी रोकथाम सम्बन्धि जनचेतनामुलक कार्यक्रम सुरु भएको छ । ‘स्वास्थ्य रोजौं लागुपदार्थ होइन’ भन्ने कुराको सन्देश दिदैं खजुरा गाउँपालिकाको जेनिथ इङ्गलिस बोडिङ्ग स्कुलबाट कार्यक्रम सुरु भएको हो । खजुरा गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रको आयोजनामा सुरु भएको कार्यक्रम खजुरामा रहेका २० भन्दाबढी विद्यालयमा कार्यक्रम चल्ने आयोजक खजुरा गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख किरण खनालले बताए ।
कार्यक्रम अन्तर्गक हरेक विद्यालयमा करिब १ सय
जना विद्यार्थीलाई लागु औषध दुव्र्यसनी रोकथामका बारेमा विभिन्न सन्देश, सुचना र जनचेतना जगाउने काम गरिने खनालले बताए । आज बाट सुरु भएकाे
कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक (तुफान )ले विद्यालय स्तरबाटै सचेतना जगाउन सकेमा लागू औषधको प्रयोगबाट युवाहरुलाई जोगाउन सकिने र त्यसका लागि अभिभावकहरुले आफ्ना छोराछोरीहरुप्रति निगरानी बढाउनुपर्नेमा जोड दिनुभयो । अहिलेका युवाहरुलाई लागू औषधबाट जोगाउनका लागि चुनौती रहेको भन्दै यसका लागि समुदायसँग सहकार्य गरिने बताउदै
खजुरा गाउँपालिकाले लागुपदार्थ दुर्व्यसन न्युनिकरणका लागि बिभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भएको हो ।उक्त कार्यक्रम खजुरा गाउँपालिका वडा नम्बर ३का वडा अध्यक्ष पुर्ण बहादुर भण्डारी , बिद्यालयका शिक्षक, बिद्यार्थी प्रहरी लगायतको सहभागिता थियो ।
Skip This
खजुरा गाउँपालिकामा लागु औषध दुव्र्यसनी रोकथाम सम्बन्धि जनचेतनामुलक कार्यक्रम सुरु
भर्खरै
धेरै पढिएको
No posts found.




प्रतिक्रिया दिनुहोस्