- खजुरा : खजुरा गाउँपालिकाले खजुरा गाउँपालिका वडा नम्बर दुईबाट अव्यवस्थित तारलाई काट्न सुरु गरेको छ ।
लत्रीएका तथा अव्यवस्थित तारले दुर्घटना निम्त्याउने भन्दै पालिकाले पटक पटक सुचना जारी गरेको भए पनि अटेरी गरेको भन्दै शनिबारबाट पालिकाले त्यस्ता अव्यवस्थित तार काट्न सुरु गरेको हो ।
Advertisement 1
खजुरा गाउँपालिकाले पालिका भित्र विभिन्न स्थानहरूमा ईन्टरनेट सेवा प्रदान गरि रहेका सेवा प्रदायक कम्पनीहरूलाई सार्वजनिक सुचना जारी गर्दै तार ब्यवस्थित गर्न सुचना जारी गरेको थियो ।
खजुरा गाउँपालिका वडा नम्बर दुई रिमझिम चोक बाट अव्यवस्थित तार हटाउन सुरु गरेकाे हाे।
बारम्बार सुचना जारी गर्दा पनि तार ब्यवस्थित नगरेको भन्दै खजुराले अव्यवस्थित तारलाई काटेको र यो अभियान पालिका भरि नै संचालन हुने पालिका अध्यक्ष डम्बर बाहादुर बिक तुफानले बताएका छन् ।
Advertisement 2
पालिका अध्यक्ष डम्बर बहादुर बिक तुफानले शनिबार बिहान रिमझिम चोकमा लत्रीएका तथा अव्यवस्थित तार हटाएको जानकारी दिएका थिए ।
अध्यक्ष बिकले खजुरा गाउँ पालिका भित्र पोल हटाउदा र भुइँमा लत्रीएका केबुलका तार पालिकाले ३०दिने सूचना निकाल्दा पनि अटेर गरेकाले रिमझिम चोक बजारबाट काट्न शुरु गरिएको छ र आफै नहटाए पालिका भरिका त्यस्ता अव्यवस्थित तार काटिने जानकारी दिएका थिए ।
Advertisement 3
खजुरा गाउँपालिकाले गाउँपालिका भरिका अव्यवस्थित तथा लत्रीएको अवस्थामा रहेको तारले दुर्घटना गराउने भन्दै आफै हटाउन वा अटेर गरे पालिकाले नियमानुसार हटाउने अभियान सुरु गरेको जानकारी दिएको छ ।






प्रतिक्रिया दिनुहोस्