२०८२ मंसिर २१, शनिबार २३:५९ गते
नेपाली समय

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीकाे अध्यक्षमा प्रेम शाह निर्वाचित

२०८१ पुष १५ गते, सोमबार समय: २२:०२ मिनेट

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाकाेतेस्रो नगर अधिवेशन साेमबार नेपालगन्जमा सम्पन्न भएको छ ।अधिवेशनमा अध्यक्ष प्रेम बहादुर शाह सहित ६८ सदस्यी नगर समिति निर्वाचित भएकाे छ ।समितिको उपाध्यक्ष अयुव सिद्दिकी ,महिला उपाध्यक्ष-मन्दिरा पान्डे उपाध्यक्ष तिरथराम चिडिमार ,सचीव धर्मराज न्यौपाने, सहसचिव धर्मराज छत्याल र कोषाध्यक्ष बबि परियार कोरि निर्वाचित भएका छन।

Advertisement 1

पदका उम्मेदवार प्रेम बहादुर शाह बिजयी हुनुभएको छ । शाहले ५१ मत प्राप्त गरि बिजयी हुनुभएको छ।भने उहाँका प्रतिस्पर्धी वसन्त लामिछानेले १३ मत प्राप्त गर्नु भयो ।  खुला उपाध्यक्ष मोहम्मद अय्युव सिद्धिकी, उपाध्यक्ष दलित तिरथराम चिडिमार र उपाध्यक्ष महिला०मन्दिरा पाण्डे निर्विरोध निर्वाचित हुनुभयो, यस्तै सचिव पदका उम्मेदवार धर्म राज न्यौपानेले ४५ मत र उहाँका प्रतिस्पर्धी प्रविन कुमारले १७ मत प्राप्त गर्नुभयो भने सहसचिवका उम्मेदवार धर्मराज छन्त्याल निर्विरोध निर्वाचित हुनुभयो, कोषाध्यक्षका उम्मेदवार ववी परियार कोरीले ३० मतका साथ बिजयी हुनुभयो भने उहाँ प्रतिस्पर्धी इश्वरी रावत रानाले १९ मत, कल्पना शर्माले १३ मत प्राप्त गर्नुभएको थियो । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरको पौष १३ गते भएको तेस्रो अधिवेशनको १४ गते बन्द सत्रसँगै पार्टीको विधान अनुसार निर्वाचनमा भएको थियो । आइतबार उपमहानगरका ६८ उम्मेदवारहरुका लागि निर्वाचन भयो । २ सय ७३ प्रतिनिधिले मतदान प्रक्रियाद्वारा ६८ जना सदस्यहरुलाई निर्वाचित गर्नुभयो । आज सोमबार ६८ जना सदस्यहरुले मतदान गरेर पदाधिकारीलाई निर्वाचित गराउनु भएको थियो ।शान्तिपूर्ण तरिकाले लोकतान्त्रिक पद्धति अनुसार उपमहानगर समितिको निर्वाचन सम्पन्न भयो । बिजयी उम्मेदवारहरुको सपथ ग्रहण पौष १६ गते साझ ४ बजे हुने अध्यक्ष रतन बहादुर शाहीले बताउनु भयो ।

 

सम्बन्धित समाचार