२०८२ माघ ८, बुधबार ०३:४७ गते
नेपाली समय

५ हजार ८ सय बढीलाई खजुरामा एचपिभी खोप लगाइँदै

२०८१ माघ १३ गते, आईतवार समय: २३:२४ मिनेट

खजुरा।पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाउन लागिएको एचपिभी खोप अभियानलाई प्रभावकारी रुपले सञ्चालन गर्न खजुरा गाउँपालिकाले आवश्यक तयारी गरेको छ । सरकारको राष्ट्रिय अभियान अन्तरगत यही माघ २२ गतेदेखी देशभर खोप लगाईदैछ ।

Advertisement 1

खजुरा गाउँपालिकाले पनि सोही अभियान अनुसार माघ २२ गतेदेखी फागुन १ गतेसम्म खोप लगाउने तयारी गरिरहेको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसीले जानकारी दिइन् ।

उनका अनुसार गाउँपालिकाभर ५ हजार ८ सय ७२ जना बालिका तथा किशोरीलाई उक्त खोप लगाइदैछ । गाउँपालिकाले कक्षा ६ देखी १० सम्म अध्ययन गर्ने तथा बिद्यालय बाहिर रहेका १० वर्षदेखी १४ वर्ष उमेर सम्मका बालिका तथा किशोरीलाई खोप लगाउन लागेको शाखा प्रमुख केसीले बताइन् ।

Advertisement 2

अभियानको तयारी स्वरुप गाउँपालिकाले आइतबार पालिका खोप समन्वय समितिका पदाधिकारीको लागि अभिमुखीकरण तथा पत्रकार एवं सञ्चारकर्मीबीच अन्तरक्रिया गोष्ठी गरेको छ । उक्त गोष्ठीलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले क्यान्सर जस्तो प्राण घातक रोग विरुद्ध लगाउन लागिएको खोपबाट कोही पनि बञ्चित नहुन आग्रह गर्नुभयो ।

 

सम्बन्धित समाचार