नेपालगन्ज । प्रेस सेन्टर नेपालको २१औं स्थापना दिवसको अवसरमा बाँकेको नेपालगन्जमा शुभकामना आदानप्रदान तथा पत्रकारहरुको नाक, कान, घाटीको नि:शुल्क चेक जाँच गरिएको छ ।
Advertisement 1
नेपालगन्ज उप-महानगरपालिका १० स्थित असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती बाँकेले आयोजना गरेको कार्यक्रममा शुभकामना दिदै नेकपा (माओवादी केन्द्र) स्थायी समिती सदस्य तथा बाँके जिल्ला इन्चार्ज पुर्णा कुमारी सुवेदीले `प्रेस सेन्टर नेपालको गौरवपुर्ण इतिहास भएको र श्रमजीवी पत्रकारहरुको पक्षमा र समाज रुपान्तरणमा कलमको माध्यमबाट क्रान्ती गरि आएको संगठन हो र प्रेस सेन्टर प्रति जनताको आशा बिश्वास छ त्यो बचाइ राख्न नेतृत्वलाई सुझाव दिनु भयो ।

Advertisement 2
यसैगरी नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नरेन्द्र प्रसाद पाण्डे `जेम्स´ले `प्रेस सेन्टरले रचनात्मक कार्य गर्दै आइरहेको र आज स्थापना दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेर नौलो र हरेक नागरिकको जिवनसँग जोडिएको स्वास्थ्य चेकजाँच पनि महत्वपूर्ण र ऐतिहासिक छ भन्दै शुभकामना दिनुभयो ।´
यस्तै नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरि, प्रेस युनियन बाँके अध्यक्ष प्रीयास्मृती ढकाल, प्रेस चौतारी जिल्ला अध्यक्ष कमल डाँगी लगायतले शुभकामना दिनुभयो ।
Advertisement 3
असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्र र प्रेस सेन्टर नेपाल बाँकेको सहकार्यमा शिविर गरिएको प्रेस सेन्टर नेपाल बाँके जिल्ला अध्यक्ष चन्द्र बोहराले जानकारी दिनुभयो ।
स्वास्थ्य शिविरमा नाक, कान, घाँटी रोग विशेषज्ञ तथा वरिष्ठ डा. प्रकाश बसेले ५० जना पत्रकारहरुको निशुल्क चेक जाँच तथा औषधि वितरण गरेको बताउनु भयो । सरल स्वभावका डा.बसेलले सबै पत्रकारहरुलाई धैर्यताका साथ नाक, कान तथा घाँटी रोग सम्बन्धि परामर्श समेत दिनुभयो ।
डा. बसेलले भन्नुभयो `डाक्टरको काम उपचार गर्ने हो, पत्रकारको काम लेख्ने भएकाले धेरै दुख गर्नु पर्छ न्युजको लागि जस्तो सुकै संघर्ष गरिरहेका हुन्छ । धुलो धुवाले स्वास्थ्यमा असर गरिरहेको हुन्छ । त्यसैले स्वास्थ्य चेकजाँच गर्दा समयमै स्वास्थ्यको बारेमा थाहाँ हुन्छ सोही अनुसार औषधि उपचार गर्छौ ।´
उक्त सिविरमा स्वास्थ्य केन्द्रका कर्मचारी रितु पाण्डे, सबिना चौधरी, ललितराम थारु लगाएतले शिविरमा सहयोग गर्नुभयो ।







प्रतिक्रिया दिनुहोस्