खजुरा । बाँकेको खजुरा गाउँपालिकाले `जनयुद्ध दिवस´को अवसरमा भोलि फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
Advertisement 1
संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको जगको रुपमा रहेको २०५२ साल फागुन १ गतेलाई स्मरण गर्दै गाउँकार्यपालिकाको मिति २०८१/१०/०४ गतेको निर्णय अनुसार सार्वजनिक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले जानकारी दिनुभयो ।
पालिकामा स्वास्थ्य सम्बन्धि अत्यावश्यक सेवा बाहेक पालिका अन्तर्गतका सबै वडा कार्यालय, बिधालय लगायत एक दिन बिदा दिएको रानाले बताउनु भयो ।
Advertisement 2
`उत्पीडित जनताको मुक्तिको लागी तत्कालीन नेकपा माओवादीले सुरु गरेको सशस्त्र जनयुद्धले देशमा संघिय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक, धर्मनिरपेक्ष लगायत धेरै उपलब्धि नेपाली जनताले प्राप्त गरेका छन ।´ त्यसैले पनि जनयुद्ध महान छ पालिका अध्यक्ष डम्बर बहादुर बि.क ले बताए ।





प्रतिक्रिया दिनुहोस्