खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक तुफानले ३० औँ जनयुद्ध दिवसका अवसरमा सबैलाई शुभकामना दिनुभएको छ ।
बिहीबार समाजिक संजाल फेसबुकमा पाेष्ट गर्दै जारी गर्दै जनयुद्ध दिवसका अवसरमा सबैलाई शुभकामना दिएका हुन् ।
निरंकुश राजतन्त्रका विरुद्ध जनताको महान जनयुद्धको थालनी गरिएको ऎतिहासिक दिन हो , जस्ले निकै ठुलो त्याग तपस्या र बलिदानको कृतिमा कायम गर्दै संघिय लोकतान्त्रिक गणतन्त्र जन्मायो , त्यहि ऎतिहासिक तथा गौरवपुर्ण इतिहासको ३०औं महान जनयुद्ध दिवसको अबसरमा देश बिदेश रहनुभएका सम्पुर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । जनयुद्धमा बलिदान गर्नुहुने महान शहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पन गर्दै घाइते योद्धाप्रति उच्च सम्मान प्रकट गर्दछु । गणतन्त्रको परिकल्पना गरि जनयुद्धको थालनी गर्ने नेतृत्वकार्ता , सहासिक युग पुरुष अध्यक्ष कमरेड प्रचण्ड लगायत सम्पुर्ण नेताहरु , जनमुक्ति सेना, कार्यकर्ता योद्धाहरु प्रति उच्च संमान सहिद लालसलाम गर्दछु । महान शहिद परिवार तथा जोखिम मोलेर सेल्टर दिनुहुने सम्पुर्ण सहाशिक परिवारलाई उच्च सम्मान सहित हार्दिक आभार ब्यक्त गर्दै हार्दिक शुभकामना । दिदै जनयुद्ध दिवस भव्यताका साथ मनाउन सबैलाई आग्रह समेत गरेको छ ।
Advertisement 1





प्रतिक्रिया दिनुहोस्