नरेन्द्र पिटर नेपालगन्ज ।
Advertisement 1
३० वर्षअघिको ऐतिहासिक पलको सम्झनाले मलाई अझै पनि बेचैन बनाउँछ
त्यो विहानीपखको रात… नेपालगन्ज विस्तारै निन्द्राबाट बिउँझिदै थियो ।
मन्दिरका घण्ट र मस्जिदबाट आउने अजानका स्वरहरू, कालापहाड जानेहरू खोज्दै हिँड्ने टाँगाका टपटप आवाजहरू सबै सङ्गीतमय लाग्थे ।
रातको चिसोले कठ्याङ्ग्रिएका प्रहरीहरू पनि चोकमा देखिँदैनथे । कहिलेकाहीँ गाडी र मोटरसाइकलका उज्यालोले चौकन्न हुनुपथ्र्यो हामी सबैबाट जोगिँदै, ओझेल परेर युगीन सन्देश भित्तामा टाँस्दै थियौँ ।
आज फेरि जोडीदार विष्णु पोखरेलको सम्झना आएर मन भारी बन्यो । उनले विचारको मूल्य सचेत बलिदानले चुकाए । मेरो मन र मस्तिष्कभित्र उठेका प्रश्नहरूको उत्तर
म फरक भूमिकामा दिन विवश छु । धम्बोझी चौकदेखि पश्चिम, खजुरा रोड हुँदै मानपुरसम्म पर्चा टाँसेका ती
दिनहरू सम्झँदै आज फेरि बिहानै हिँडेँ । स्मृतिले मात्र मानिसलाई ताजगी दिँदैन, स्वयंलाई पुनः समीक्षित गर्न पनि बाध्य पार्छ । त्यो दिन टासिएका पर्चाहरू केवल कागजका टुक्रा थिएनन् ती जनयुद्धको उद्घघोष, एक युगको नयाँ
घोषणापत्र थिए ।म यहाँ जनयुद्धको विस्तृत समीक्षा र विश्लेषण गर्न चाहन्नँ । सपना के थिए र के भए
? पात्र र प्रवृत्तिबारे विस्तृत चर्चा पनि मेरो उद्देश्य होइन । तर, म यो अवश्य बुझ्छु—
रगत देख्न नचाहने तर सेकुवा खान चाहने समाजमा अण्डा नफुटाई आमलेट खानेँ सोच व्याप्त हुन्छ । यहाँ दृष्टिकोण चस्माअनुसार फरक देखिन्छन्, पक्षधरताअनुसार
सुन्दरता बदलिन्छ । वर्ग संघर्षका आधारमा समाज विभाजित हुन्छ, किनकि माक्र्सले सही
भनेका छन्—सभ्यताको इतिहास भनेको वर्ग संघर्षको इतिहास हो । संघर्ष कहिलेकाहीँ सुसुप्त हुन्छ, कहिलेकाहीँ झडप वा युद्धको रूपमा विस्फोटित ।bम यस लेखमा तीन पक्ष संक्षिप्त रूपमा प्रस्तुत गर्नेछु—
१। आयाम, संस्कृति र बाँके–बर्दिया
आन्दोलन तीव्र गतिमा अगाडि बढ्दै गयो । बाँके पश्चिमी सत्ताको केन्द्र थियो । २००७ सालको क्रान्तिमा गरम दल र नरम दल थिए । यहाँ लोकाभार किसान संघर्ष,
कमैया संघर्ष, सुकुम्बासी संघर्ष र बसाइँसराइको प्रभाव झेलिरहेका बस्तीहरू थिए ।
सचेत र प्रगतिशील समाजले परिवर्तनलाई सहजै स्वीकार्यो । अझ, थारु समुदायको नेतृत्व भएकाले परिवर्तनको आँधी नै आयो नेपालगन्जका गल्लीहरूमा कुनै पनि मगर, थारु वा गाउँले युवा, सत्ताका लागि आतंकसरह सावित हुन थाले । झोलामा किताब वा सामान्य डायरी भेटिए मात्रै पनि
माओवादी प्रमाणित गरिन्थ्यो । जनादेश, छानविन, पृष्ठभूमि, कलम जस्ता पत्रिका किन्ने र पढ्नेहरू आतङ्ककारीको सूचीमा चढ्थे ।
बाँके–बर्दियामा त्याग र बलिदानको अनुपम कीर्तिमान स्थापित भयो ।
विद्रोहको ज्वालामुखीभित्र कोही गद्दार देखिएनन्, कसैले सहयोद्धाको सुराकी गरेन ।
आफैं जलेर उज्यालो छर्नु जनयोध्दाहरूको परिचय बन्यो । आन्दोलनमय समाजमा विद्रोही खोज्न आँधी आएको जस्तो देखिन्थ्यो, तर बाहिरबाट हेर्दा ठप्प शान्तजस्तै लाग्थ्यो ।
चिसापानी ब्यारेक चिहानघारी बन्यो ।
सयौँ जनयुद्धका सिपाहीहरू अझै कतै चिच्याइरहेका होलान्, तिनका आवाजहरू अझै प्रतिध्वनित भइरहेका होलान् ।
बाँके–बर्दियामा नेतृत्व तहबाटै भएको बलिदानले त्याग र बलिदानको आयाम संस्कृति सिर्जना गर्यो, नजिर बन्यो ।
२। जनयुद्धका उपलब्धिहरू र नेपाली समाज
पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानपछिको सबभन्दा ठूलो सामाजिक हलचल जनयुद्ध नै थियो । जब हस्तक्षेपको भाषा सुदूर बस्तीहरूमा पुगे, तब नयाँ किसिमको
चेतनाको जागरण भयो । मगर, थारु, दलित,महिला लगायतका उत्पीडित जाति, भाषा, संस्कृतिहरू संघर्षमा जोडिए ।
सत्ताले सुरूमा वास्ता गरेन, पछि थाहा पाइसक्दा
आन्दोलन उसको नियन्त्रणबाहिर पुगिसकेको थियो ।
इन्टरनेसनल क्राइसिस ग्रुपका अनुसार ८०प्रतिसत भूभाग माओवादी प्रभावमा गइसकेको
थियो ।
सत्ता सदरमुकाम, ब्यारेक र शहरहरूमा खुम्चिन बाध्य भयो ।अहिले जनयुद्ध मनोवैज्ञानिक संघर्षमा परिणत भएको छ । हतियार कसरी चले, त्यसको उपलब्धिको स्वामित्व कसरी लिइँदैछ भन्ने विषय पाठकहरूको विवेकमा छोड्छु ।
यहाँ केवल केही युगीन उपलब्धिहरूको चर्चा मात्रै गर्न चाहन्छु ।
समाज यथास्थितिमा रहन चाहँदैन, सत्ताले आफू अनुकूल परिवर्तन चाहँदैन ।
त्यसैले, जब जनताको असन्तोष चरम सिमा पुग्छ, तब झडप हुन्छ ।
जनयुद्धले नेपाललाई सामन्तवादको सङ्कुचित घेराबाट गणतन्त्रतर्फ धकेल्यो ।
जनयुद्धकै जगमा गणतन्त्र आयो त्यसपछि समाजमा स्पष्ट रूपान्तरण देखा पर्यो ।
मधेसी, थारु वा अन्य सिमान्तकृत समुदायले आफू राष्ट्रिय मूलधारमा समाहित भएको अनुभूति गरे । समानुपातिक र
समावेशी प्रतिनिधित्वका कारण राज्यका हरेक तहमा पहुँच स्थापित हुन थाल्यो ।
प्रशासन, सेना, प्रहरी, न्यायालयदेखि स्थानीय तहसम्म महिला, दलित, उत्पीडित वा सिमान्तकृत समुदायको उपस्थिति सुनिश्चित भयो ।
पहिले जन्मकै आधारमा अपहेलित हुनुपथ्र्यो, तर आज सत्ताको विकेन्द्रीकरणपछि अधिकार स्थानीय तहमा अधिकार प्रत्यायोजन भएको छ ।
जनताका सन्तानहरू राष्ट्रप्रमुख र कार्यकारी पदहरूमा पुगेका छन् ।
३)इतिहासको व्यवस्थापन र अभिजात वर्ग
३० वर्ष कुनै लामो समय होइन । ती दिनका साक्षीहरू अझै जीवितै छन् ।
तर, इतिहास लेख्नेहरूका आफ्नै पक्षधरताहरू हुन्छन् । अभिजात वर्ग जनयुद्धको विभत्स सौन्दर्य चित्रण गर्नमा व्यस्त छ ।
वास्तविक समीक्षा गर्नुपर्ने धेरै कुरा बाँकी नै छन तिहासकारहरूको लागि ।
जनयुद्धको तात्कालिक समीक्षा गरिरहँदा यसको दूरगामी प्रभावकाबारे अझै गहन बहस आवश्यक छ ।
किनकि इतिहास केवल घटनाहरूको सङ्ग्रह होइन् यो विचार, बलिदान र परिवर्तनको निरन्तर यात्रा हो ।
अन्तमाहिजो टासिएका ती पर्चाहरू केवल कागजका टुक्रा थिएनन् ।
ती एक युगको दस्तावेज थिए ती भित्ताहरूमा लेखिएका नारा मात्र थिएनन्, ती समाज रूपान्तरणका उद्घघोष
थिए ।
आज, ती नाराहरू मेटिए होलान् । भित्ताहरू धोइए होलान् । तर, तिनले छोडेको चेतनाको आगो निभिसकेको छैन,निभ्ने पनि छैन् ।
कबिता युगलाई
आउनुस्, आगो र उज्यालाको कुरा गरौँ ।
पुर्खाहरूले आगोको खेती गरे,
भूगोलअनुसार, सभ्यताअनुसार,
कसैले सूर्यदेव भने, कसैले अग्निदेव
, सभ्यताको पहिलो ज्योति यही आगो थियो।
अपराध कसकोरु
एकाएक बत्ती निभ्यो,
अँध्यारो छायो।
किन रु
हावा चलेको थियो।
तर पुल्ठी त्यसै बत्ती बनेको थिएन,
जल्नु र उज्यालो छर्नु नै यसको धर्म।
हावा पनि त्यसै बहँदैन, चल्नु नै यसको कर्म।
तर दोषरु
बत्ती निभ्दा दोष हावालाईरु
कि अँध्यारोलाईरु
न हावा दोषी छ, न उज्यालो, न अँध्यारो।
दोष त उज्यालो निभाउने सोचको हो।
म आगो लुकाउँछु, तर निभाउँदिन
जब जिन्दगीका उज्यालोमाथि आक्रमण हुन थाल्यो,
मेरो प्रकाश खोस्ने प्रयास भयो,
मैले आगो लुकाएँ।
मैले आगोको खेती गरें।
हरपल टुकी निभाउनेहरूसँग
कहिले छल गरें, कहिले प्रतिकार।
दिउँसै मशाल बालेर उज्यालोको गीत गाएँ।
आगो कहिले भकारीभित्र लुकाएँ,
तर निभाएँ कहिल्यै पनि होइन।
फिलुङ्गोको शक्ति चिनेपछि
आगो लुकाउन त सकिन्छ,
तर निभाउन सकिन्न।
हावाले निभाएको टुकी
फेरि बाल्न सक्नुपर्छ।
जब मस्तिष्कको आगो दन्किन्छ,
कसैले मलाई अँध्यारोमा राख्न सक्दैन





प्रतिक्रिया दिनुहोस्