नेपालगन्ज : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँकेको अध्यक्षमा अशोक थापा निर्वाचित हुनुभएको छ । शुक्रबार नेपालगन्जमा सम्पन्न भएको जिल्लाको सातौँ अधिवेशनबाट थापा अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो ।
Advertisement 1
थापाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको प्रमुख निर्वाचन अधिकृत पूर्णलाल चुकेले जानकारी दिनुभयो । चुकेका अनुसार उपाध्यक्षमा सोम गुरुङ सचिवमा सुमन गिरी श्रेष्ठ, सहसचिवमा सुविता थारु र कोषाध्यक्षमा दीपक राई निर्विरोध निर्वाचित हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरुमा क्रमशः राजकुमार चौधरी, निर्मला चौधरी, कमल थारु, मिलन चौधरी, वीरबहादुर राना र निरञ्जन राना चयन हुनुभएको चुकेले जानकारी दिनुभयो ।
Advertisement 2





प्रतिक्रिया दिनुहोस्