२०८२ मंसिर २२, आईतवार १८:०४ गते
नेपाली समय

विपन्न महिलाको घर निर्माण गर्दै माओवादी केन्द्र खजुरा

२०८१ फाल्गुन ८ गते, बिहीबार समय: २२:३३ मिनेट

खजुरा ।बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर ६ कि एकल महिला तथा अपांग चन्दा नेपालीको निवास फेर्ने अभियानमा यहाँका नेता, कार्यकर्ता लागेका छन् । उनी बस्ने घर जीर्ण भएपछि उनलाई दैनिकी कटाउन निकै मुस्किल परेको छ ।
निम्न आर्थिक अवस्थाका कारण गर्मीमा चर्को पोल्ने घाम र वर्षामा निथ्रुक्क घरभित्रै भिज्नु पर्ने उनको बाध्यता गरिबी र अशक्तताको कारण घरको भित्ता र चुहिने छानो टाल्न नसकेकी नेपालीकाे घर अहिले माओवादी केन्द्र खजुरा गाउँ पालिका कमिटीले घर बनाउने संकल्प गरेकाे छ।
आज घरकाे सिलन्या गर्दै विपन्न चन्दा नेपालीको घर निर्माणमा श्रम शिविर र आर्थिक सहयोग मागेर निर्माण सम्पन्न गर्ने माओवादी केन्द्र खजुरा गाउँपालिका कमिटीका अध्यक्ष राज कुमार बिकले बताएका छन ।

सम्बन्धित समाचार