२०८२ कार्तिक २७, बुधबार १७:०६ गते
नेपाली समय

माओवादी केन्द्र बाँकेको बैठक सम्पन्न :जनतासँग माओवादी, तराई मधेस जागरण अभियान सफल पार्ने निर्णय

२०८१ फाल्गुन १६ गते, शुक्रबार समय: १७:३२ मिनेट

बाँके /नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बाँकेले चैत्र ४ गते बाँकेमा हुने जनतासँग माओवादी, तराई मधेस जागरण अभियान भब्यताका साथ सफल पर्ने तयारी गरेको छ । नेकपा माओवादी केन्द्रले फागुन १२ गतेदेखि  तराई मधेस जागरण अभियान सुरु गरेकाे अभियान चैत्र ४गते बाँकेमा हुने भएकाे र उक्त अभियानलाई सबै नेता,कार्याकर्ता वडास्तरवाटै लाग्न निर्देशन गरिएको जिल्ला संयोजक नरेन्द्र प्रसाद पाण्डे ‘जेम्स’ले जानकारी दिनुभयो ।
नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिको बैठकले आगामी कार्ययोजना तथा पार्टी सुदृढीकरण गर्न र जनताको लोकप्रिय पार्टी निर्माण गर्न बिभिन्न योजना लिएर पार्टी निर्माण गर्न पालिका पार्टी, वडा पार्टी लाई बिशेष निर्देशन गरीएको समेत संयोजक ‘जेम्स’ ले बताउनुभयो ।
उक्त अभियान बाँकेको राप्तीसाेनारी गाउँपालिकाकाे वडा नम्बर १ कुसुम बाट जनभेटघाट हुदै राप्तीसाेनारीकाे फत्तेपुरमा बृहत जनसभा हुने र उक्त जनसभामा १० हजार बढी नेता, कार्याकर्ता, शुभचिन्तक उपस्थिति हुने संयाेजक जेम्सले बताउनु भयाे।
अभियानमा जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाट लगायत कार्यक्रम हुने छन।

Advertisement 1

अभियानको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै गर्नेछन्।टोलीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उपमहासचिवहरूका साथै सांस्कृतिक टोली रहनेछन्। केन्द्र प्रदेशक, जिल्लाका पार्टीका नेता, जनवर्गीय संगठनका नेताहरू पनि रहनेछन्
अभियानमार्फत माओवादी केन्द्रले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थिति र पार्टीको नीति कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने, पार्टीलाई जनतासँग जीवन्त रूपमा जोड्ने, पार्टी संगठनलाई स्थानीयस्तरसम्म विस्तार गर्ने, जनताबाट सुझावहरू संकलन गर्ने, जनता र पार्टी नेतृत्वबीच सम्बन्ध विस्तार गर्ने लगायतका उद्धेश्य राखेको नेकपा माओवाद केन्द्र बाँके इन्चार्ज पुर्णकुमारी सुवेदीले जानकारी दिनुभयो ।
बैठकमा नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य तथा बाँके जिल्ला इन्चार्ज पुर्णा कुमारी सुवेदी, स्थायी समिति सदस्य महेश्वरजंग गहतराज, केन्द्रिय सदस्य नरेन्द्र न्यौपाने, लुम्बिनी प्रदेश सचिव  प्रकाश , सह- सचिव अकल बहादुर बम, सदस्य गेहराज शर्मा ‘नबिन’ जिल्ला कार्यसमिति, पालिका अध्यक्ष, जनवर्गीय संगठनका अध्यक्ष पदाधिकारी, आस्थाका संगठनको पदाधिकारी र पालिका अध्यक्षहरुको  उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार